• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिड्दै

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १२, शुक्रबार ०९:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट आज आफ्नो करिअरकै महत्वपूर्ण प्रतिस्पर्धामा उत्रँदैछन्।

    ‘बझाङ्गी बाघ’ उपनामले परिचित रवीन्द्रले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकको सामना गर्दैछन्। चीनको साङ्घाईस्थित अक्टागनमा हुने यो प्रतिस्पर्धा शुक्रबार अपराह्न पौने ३ बजेपछि सुरु हुनेछ।

    दुवै फाइटरको व्यावसायिक एमएमए रेकर्ड बलियो रहेकाले सेमिफाइनल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

    १० खेलमा ९ जित

    बान्टमवेट विधामा प्रतिस्पर्धा गर्दै आएका रवीन्द्रले हालसम्म १० वटा व्यावसायिक एमएमए खेल खेलेका छन्। उनले नौ खेलमा जित हात पारेका छन् भने एक खेलमा मात्र पराजित भएका छन्।

    सन् २०२३ मा इस्माइल खानसँग पराजित भएपछि रवीन्द्रले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। गत वर्ष भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट–१७ को उपाधि जितेपछि उनको चर्चा थप चुलिएको थियो। उनले भारतीय फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए।

    यससँगै रवीन्द्र म्याट्रिक्स फाइट नाइटको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका थिए।

    गत मे महिनामा मकाउमा भएको रोड टु युएफसी सिजन–५ को क्वार्टरफाइनलमा उनले फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए। उनी रोड टु युएफसीको सेमिफाइनल पुग्ने पहिलो नेपाली फाइटरसमेत बनेका छन्।

    अब मर्डोकलाई हराउँदै फाइनल पुगेर अर्को इतिहास रच्ने अवसर रवीन्द्रसामु छ।

    मर्डोक पनि अपराजित

    रवीन्द्रका प्रतिद्वन्द्वी मर्डोक पनि अहिलेसम्म अपराजित छन्। उनले आफ्नो व्यावसायिक एमएमए करिअरमा कुनै पनि खेल हारेका छैनन्।

    मर्डोकले गत मे महिनामा भएको क्वार्टरफाइनलमा जापानका युनोसुके मिनामीलाई पराजित गर्दै सेमिफाइनलमा रवीन्द्रसँगको भेट पक्का गरेका थिए।

    आजको सेमिफाइनल जित्दै रवीन्द्र रोड टु युएफसीको फाइनल पुग्ने पहिलो नेपाली फाइटर बन्ने लक्ष्यमा छन्। फाइनलमा समेत सफलता हात पार्न सके उनले प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर प्राप्त गर्नेछन्।

    Post Views: 70
    प्रकाशित मिति: २०८३ भाद्र १२, शुक्रबार ०९:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.