• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भोटेकोशी बाढीले कन्टेनर व्यवसायमा ठूलो क्षति, ४ सयभन्दा बढी ट्रक र १ हजार बढी सम्पर्कविहीन

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १२, शुक्रबार १८:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी–केरुङ नाका तथा त्रिशूली करिडोर क्षेत्रमा मालवाहक कन्टेनर ट्रक व्यवसायमा ठूलो क्षति पुर्‍याएको व्यवसायीहरूले बताएका छन्।

    यातायात व्यवसायीका अनुसार बाढीमा परेर ४ सयभन्दा बढी कन्टेनर ट्रक तथा तीसँग सम्बन्धित चालक, सहचालक, मजदुर र व्यापारी गरी १ हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन छन्।

    उनीहरू तीज, दसैं र तिहारका लागि आवश्यक सामग्री ल्याउन रसुवा नाकातर्फ गएका थिए। नेपाल ट्रक कन्टेनर ढुवानी सेवा (साविक नेपाल ट्रक कन्टेनर व्यवसायी संघ) का अध्यक्ष अर्जुनबहादुर सापकोटाले बाढीले गाडी बगाएपछि त्यसमा रहेका व्यक्तिहरूको अवस्था अझै यकिन हुन नसकेको बताए।

    संघमा ९ सय ६६ वटा कन्टेनर दर्ता रहेको र बाढी आउनुअघि मात्रै करिब १ सय ७५ वटा कन्टेनर सामान लिन केरुङतर्फ गएको सापकोटाले जानकारी दिए। तीमध्ये चालक, सहचालक तथा स्वरोजगार मजदुरसहित ४ सयभन्दा बढी सम्पर्कविहीन रहेको उनको भनाइ छ।

    सामान लिन गएका व्यापारी, भन्सार एजेन्ट तथा अन्य यात्रुसमेत जोड्दा सम्पर्कविहीन र प्रभावितको संख्या १ हजारभन्दा बढी पुग्ने उनले बताए।

    ‘चालक मात्रै ४ सयभन्दा बढी हराएका छन्। सहचालक, व्यापारी र भन्सार एजेन्टसमेत जोड्दा यो संख्या अझै धेरै हुन्छ,’ सापकोटाले भने।

    उनका अनुसार बाढी प्रभावित क्षेत्रमा नारायणी, बल्खु, पोखरा–गण्डकीलगायत विभिन्न संघसंस्थाका कन्टेनर तथा अन्य सवारीसाधनसमेत फसेका छन्। त्यसैले वास्तविक क्षतिको आकार अझै ठूलो हुन सक्ने व्यवसायीहरूको भनाइ छ।

    चेकपोस्टको नियमले क्षति बढाएको व्यवसायीको आरोप

    अध्यक्ष सापकोटाले भन्सार कार्यालय र बाटोमा रहेका चेकपोस्टको अव्यावहारिक नियम तथा ढिलासुस्तीका कारण क्षति थप बढेको आरोप लगाए।

    उनका अनुसार रसुवागढी भन्सारबाट प्रक्रिया पूरा गरी गाडी पास भए पनि धुन्चेस्थित निकुञ्जको चेकपोस्टले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै गाडी सञ्चालन गर्न दिने गरेको थियो। जसका कारण भन्सार प्रक्रिया पूरा गरेका ७० देखि ८० वटा कन्टेनरलाई सडक किनारमै तीन–चार दिनसम्म रोकिराख्नुपर्ने अवस्था आएको उनले बताए।

    ‘रसुवागढी भन्सारले गाडी पास गरेर पठाउँछ, तर धुन्चेको चेकपोस्टले बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै गाडी चल्न दिन्छ। भन्सार तिरेर निस्किएका ७०–८० वटा गाडीलाई हाइवेको सडक किनारमा तीन–चार दिनसम्म लाइन लगाएर राख्न बाध्य पारियो,’ उनले भने।

    त्यसरी असुरक्षित रूपमा सडकमा पार्किङ गरिएका गाडीमध्ये धेरैलाई पहिरो र बाढीले बगाएको उनको दाबी छ। समयमै गाडीलाई गन्तव्यतर्फ जान दिइएको भए क्षति कम गर्न सकिने उनको भनाइ छ।

    बेत्रावतीमा मात्रै ३०–४० कन्टेनर बगे

    केरुङतर्फ गएका तथा चिनियाँ भूभागमा रहेका कन्टेनरको अवस्थाबारे अझै जानकारी प्राप्त हुन नसकेको व्यवसायीहरूले बताएका छन्।

    नुवाकोटको बेत्रावती क्षेत्रमा पार्किङ गरेर राखिएका करिब १ सय १५ कन्टेनरमध्ये ३० देखि ४० वटा कन्टेनर ट्रक त्रिशूली नदीले बगाएको अध्यक्ष सापकोटाले जानकारी दिए।

    ‘बेत्रावतीमा हाम्रै साथीहरूले जोखिम मोलेर धेरै कन्टेनर सुरक्षित स्थानतर्फ लैजान भ्याउनुभयो। तर त्यहाँ पनि ३०–४० वटा गाडी बगेका छन्,’ उनले भने।

    उनका अनुसार बाढीको जोखिमबारे सचेत गराउँदा समेत केही पर्यटक बस नहटाइएका कारण तीमध्ये केही नदीमा खसेका थिए।

    व्यवसायीहरूले सम्पर्कविहीन भएका चालक, सहचालक तथा मजदुरको तत्काल खोजी र उद्धार गर्न सरकारसँग माग गरेका छन्। साथै, बाढीबाट भएको क्षतिको यथार्थ विवरण संकलन गरी प्रभावित यातायात व्यवसायीलाई आवश्यक राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनसमेत उनीहरूले आग्रह गरेका छन्।

    Post Views: 72
    प्रकाशित मिति: २०८३ भाद्र १२, शुक्रबार १८:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.