• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाढी पीडितको राहतका लागि त्रिविका पदाधिकारी, प्राध्यापक र कर्मचारीको तलब कट्टा गरिने

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १२, शुक्रबार २०:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले रसुवासहित बाढी प्रभावित जिल्लाका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आफ्ना शिक्षक तथा कर्मचारीबाट रकम संकलन गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गर्ने निर्णय गरेको छ।

    गत भदौ १० गते तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा ठूलो जनधनको क्षति पुर्‍याएपछि विश्वविद्यालयले राहतमा सहयोग गर्ने निर्णय गरेको हो।

    शुक्रबार बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले विश्वविद्यालयमा कार्यरत जनशक्तिको पारिश्रमिकबाट निश्चित दिनको रकम कट्टा गरी राहत कोषमा जम्मा गर्ने निर्णय गरेको निमित्त रजिष्ट्रार प्रा.डा. महानन्द चालिसेद्वारा जारी सूचनामा उल्लेख छ।

    निर्णयअनुसार भदौ महिनाको पारिश्रमिक भुक्तानी गर्दा पद तथा तहअनुसार फरक–फरक दिनको सुरु तलब स्केल कट्टा गरिनेछ। कुलपतिबाट नियुक्त पदाधिकारीको एक महिनाको तलब कट्टा हुनेछ।

    त्यस्तै, प्राध्यापक, प्रशासक, सहप्राध्यापक, सहप्रशासक वा सो सरहका शिक्षक–कर्मचारीको १० दिन, उपप्राध्यापक, उपप्रशासक, शाखा अधिकृत तथा प्रशिक्षकको ७ दिन, मुख्य कार्यालय सहायक र कार्यालय सहायकको ५ दिन तथा श्रेणीविहीन कर्मचारीको २ दिन बराबरको सुरु तलब स्केल कट्टा गरिने विश्वविद्यालयले जनाएको छ।

    यसरी कट्टा भएको रकम आर्थिक प्रशासन महाशाखामार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को खातामा जम्मा गरिने व्यवस्था मिलाइएको छ।

    Post Views: 87
    प्रकाशित मिति: २०८३ भाद्र १२, शुक्रबार २०:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.