• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

काठमाडौँ उपत्यकामा आज गाईजात्रा पर्व मनाइँदै

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १३, शनिबार ०६:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । दिवङ्गत आफन्तको सम्झनामा मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न शहरमा मनाइँदैछ। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व विशेषगरी नेवार समुदायमा धुमधामका साथ मनाउने परम्परा छ।

    गाईजात्राका अवसरमा एक वर्षभित्र मृत्यु भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर नगर परिक्रमा गराइन्छ। सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीलगायत खाद्यान्न तथा द्रव्य दान गर्ने चलन छ।

    धार्मिक मान्यताअनुसार गाईको नगर परिक्रमा गराएपछि दिवङ्गत व्यक्तिले गाईको पुच्छर समाएर वैतरणी नदी पार गर्ने विश्वास गरिन्छ।

    इतिहासअनुसार राजा प्रताप मल्लले पुत्रशोकमा रहेकी रानीलाई संसारमा मृत्यु र शोक सबैले भोग्नुपर्छ भन्ने अनुभूति गराउन गाईजात्रा सुरु गराएका थिए। रानीको शोक कम नभएपछि विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गर्न आदेश दिइएको र त्यसैबाट गाईजात्रामा हास्यव्यङ्ग्य प्रस्तुत गर्ने परम्परा विकास भएको जनश्रुति छ।

    गाईजात्राका क्रममा हनुमानढोकास्थित राजप्रासाद हुँदै नगर परिक्रमा गर्ने परम्परा अहिले पनि कायम छ। काठमाडौँ उपत्यकामा विशेष रौनक देखिने यस पर्वमा प्रहसन, सामाजिक विकृतिविरुद्ध व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा दिवङ्गत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीत प्रस्तुत गर्ने चलन छ।

    काठमाडौँ उपत्यकाबाहेक बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायको उल्लेख्य बसोबास रहेका शहरमा पनि गाईजात्रा विशेष उत्साहका साथ मनाइन्छ।

    यस अवसरमा हास्य कलाकारहरूले समेत विभिन्न व्यङ्ग्यात्मक कार्यक्रम आयोजना गर्ने गरेका छन्। सरकारले गाईजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने गरे पनि यस वर्ष पर्व शनिबार परेको छ।

    Post Views: 58
    प्रकाशित मिति: २०८३ भाद्र १३, शनिबार ०६:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.