• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

त्रिशूली बाढी : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १३, शनिबार ११:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं– त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण नुवाकोटमा ठूलो जनधनको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार शनिबार बिहान ७ बजेसम्मको विवरणमा बाढीमा परी ५१ जनाको मृत्यु भएको छ भने ४०५ जना अझै बेपत्ता छन्।

    प्रशासनका अनुसार मृत्यु भएका ५१ जनाको शव फेला परे पनि हालसम्म कसैको पनि सनाखत हुन सकेको छैन। बाढीमा परी ४० जना घाइते भएका छन्। बेपत्ताको संख्या आफन्त तथा परिवारजनबाट प्राप्त सूचनाका आधारमा निर्धारण गरिएको प्रशासनले जनाएको छ।

    बाढीबाट विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिका बढी प्रभावित भएका छन्। विदुर नगरपालिकाका वडा नं. १, २, ४, ५, ७, १० र १२ तथा बेलकोटगढी नगरपालिकाका वडा नं. ५, ७, ८ र ९ प्रभावित भएका छन्। त्यस्तै, किस्पाङ गाउँपालिका–५ स्थित शान्तिबजार क्षेत्र पनि बाढीको चपेटामा परेको छ।

    प्रारम्भिक विवरणअनुसार जिल्लामा करिब ७०० देखि ८०० निजी घरमा क्षति पुगेको छ। क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने काम भइरहेको प्रशासनले जनाएको छ।

    बाढीबाट आठ सरकारी कार्यालयका भवनमा क्षति पुगेको छ भने कृषि विकास बैंकको भवनसमेत प्रभावित भएको छ। तीन जलविद्युत् गृह र चार विद्यालयमा आंशिक क्षति पुगेको छ। क्षति भएका विद्यालयमध्ये एउटा सरकारी र तीनवटा निजी विद्यालय रहेका छन्।

    सडक तथा पुलमा समेत बाढीले व्यापक क्षति पुर्‍याएको छ। हालसम्म १५ वटा पक्की पुल र नौ वटा झोलुङ्गे पुलमा क्षति पुगेको विवरण प्राप्त भएको छ। बाढीका कारण गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा राहत तथा उद्धार सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउन र आवतजावत सञ्चालन गर्न कठिनाइ भएको छ।

    बाढीले केन्द्रीय कारागार नुवाकोटको संरचनामा पनि क्षति पुर्‍याएको छ। कारागारका खम्बा र कम्पाउण्ड पर्खाल बग्नुका साथै केही भाग पुरिएको छ। कार्यालय भवनको भुइँतल्लासमेत बाढीले पुरेको प्रशासनले जनाएको छ। यद्यपि कारागारमा रहेका कैदीबन्दी भने सुरक्षित रहेको स्पष्ट पारिएको छ।

    बाढीपछि उद्धार कार्यलाई तीव्र पारिएको छ। प्रशासनका अनुसार हालसम्म हेलिकप्टरमार्फत एक हजार ८२३ जना र स्थलमार्गबाट ८५ जनाको उद्धार गरिएको छ।

    बाढी प्रभावित तथा विस्थापित नागरिकलाई जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका आश्रयस्थलमा राखिएको छ। हालसम्म ७९१ जनालाई आश्रयस्थलमा व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ। कतिपय प्रभावित नागरिक आफन्तको घरमा आश्रय लिएर बसेकाले आवश्यकताअनुसार उनीहरूलाई पनि आश्रयस्थलमा ल्याउनुपर्ने अवस्था रहेको प्रशासनले जनाएको छ।

    जिल्ला प्रशासन कार्यालयले बाढी तथा पहिरोको जोखिम अझै कायम रहेकाले नदी किनार तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। संकटको अवस्थामा धैर्य कायम राख्दै सुरक्षित स्थानमा बस्न पनि प्रशासनले अनुरोध गरेको छ।

    उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउन स्थानीय तह, राजनीतिक दल, विभिन्न सङ्घसंस्था, नेपाल रेडक्रस, सञ्चारकर्मी तथा आम नागरिकलाई आवश्यक समन्वय र सहयोग गर्न प्रशासनले अपिल गरेको छ।

    प्रशासनले उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालन गर्दै बेपत्ताको खोजी, उद्धार, घाइतेको उपचार तथा विस्थापितको आश्रय व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाएको छ।

    Post Views: 92
    प्रकाशित मिति: २०८३ भाद्र १३, शनिबार ११:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.