• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सकियो भक्तपुरको गाईजात्रा

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १३, शनिबार १९:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ख्वप (भक्तपुर) । भैलद्य (बाँंस, परालको सहायताले बनाइने गाईको प्रतीक) को परिक्रमाको समापनसँंगै भक्तपुरको पहिलो दिनको गाईजात्रा सम्पन्न भएको छ ।

    भक्तपुर नगरपालिका–४ लैको लाकुलाछेंमा राखेर बनाइएको भैलद्यको परिक्रमासँंगै पहिलो दिनको जात्रा समापन हुने परम्परा छ । जात्रालाई समयमै समापन गरी व्यवस्थित गर्ने उद्देश्यका साथ यो वर्ष तालिका बनाइ साँंझ ४ बजेदेखि भैलद्यको परिक्रमा थालिएको थियो ।

    भक्तपुरको गाईजात्राको विशेष आकर्षण भैलद्यको परिक्रमा नै हो । लाकुलाछेंबाट भैलद्यलाई न्यातापोल मन्दिर हुँंदै नगर परिक्रमा थालिन्छ । यो क्रममा न्यातापोल मन्दिरमा विशेष भीड लाग्छ । यो भन्दा बढी भीड दरबार क्षेत्रमा लागेको हुन्छ । यहाँं भैलद्यसँंगै त्यसका पछाडिका ताहासा (गाईको प्रतीक) पनि रहने भएको र ठूलो क्षेत्रमा तीन चक्कर घुमाउने भएकाले यहाँंको दृश्य निकै मनोमोहक हुने गर्दछ ।

    यो वर्ष भैलद्यसँंगै कुल २० वटा ताहासाहरू रहेको भैरबनाथ जात्रा सहयोग समिति लैंको लाकुलाछें भक्तपुरका अध्यक्ष शिवराम किजूले जानकारी दिनुभयो । उहाँंका अनुसार प्रत्येक वर्ष जस्तै भैलद्यलाई लाकुलाछेंबाट सुरु गरी भक्तपुर नगर परिक्रमा गराई लाकुलाछेंमै पुगेर समापन गरिन्छ । यसपछि जात्रा समापन हुने परम्परा रहेको उहाँंले बताउनुभयो ।

    योसँंगै भक्तपुरको गाईजात्राको विशेष आकर्षण घिन्तान्गिसी नाच नाच हो । नगरका प्रत्येक व्यक्तिको मृत्युमा गाईको प्रतिक स्वरूप ताहासा बनाई त्यसको अगाडि बाजागाजाका साथ नाच नाच्नेहरू रहन्छन् । जोडीजोडीमा लठी जुधाएर घिन्तागिसी नाच नाचिन्छ । प्रत्येक ताहासासँंगै दर्जनौँ जोडी घिन्तागिसी नाचेर आएका हुन्छन् । यस हिसाबले बिहानदेखि रातिसम्म यस्ता सयौ टोलीले पूरै भक्तपुर नगर घिन्तागिसी नाचमय बनेको थियो ।

    एकजना जात्राप्रेमी स्वर्णिमा मुल यही कारण गाईजात्रामा दिनभर भक्तपुर नगर पूरै बाजागाजामय बन्ने बताउनुहुन्छ । जात्राको दिन पूरै भक्तपुर नाचेको महशुश हुने उहाँं बताउनुहुन्छ । जात्रामा एउटै टोलीमा पनि सयौ नाचमा सहभागी हुने उहांँ बताउनुहुन्छ । पाँंच–दस वर्षको बालबालिकादेखि ७० असी वर्षका बृद्धबृद्धासम्म नाचमा सहभागी हुने उहाँं बताउनुहुन्छ । यसका साथै बजारभरि हजारौँ मानिस जात्रा हेर्न बसको हुन्छन् ।

    यसैबीच रसुवा बाढीबाट मृत्यु भएका भक्तपुरका सत्यसुन्दर प्रजापतिको गाई पनि शनिबार नै घुमाइएको छ । सामान्य रूपमा घिन्तागिसीको टोली नराखी प्रजापतिको गाई घुमाइएको हो । वर्षभरिमा मृत्यु भएका परिवारको घरबाट सुरु भई पूरै भक्तपुर बजार परिक्रमा गरी आफ्नै घरमा पुगेपछि जात्रा सम्पन्न हुने गर्दछ ।

    आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्राको शनिबार दोश्रो दिन हो । भोलि आइतबारदेखि जात्रा अझै सातदिन चल्नेछ । तर जात्रा आज शनिबारको जस्तो दिनभर धुमधाम हुने भने छैन । अन्य दिनहरूमा साँंझसाँंझ व्यङ्ग्यात्मक गाईजात्रा हुने गर्दछ । यस क्रममा टोलटोलबाट व्यङ्ग्यात्मक प्लेकार्डहरू बोकेर घिन्तागिसी नाच निकालिन्छ । साथै यी दिनहरूमा टोलटोलबाट विभिन्न नाचहरू पनि प्रदर्शन गरिन्छ ।

    Post Views: 71
    प्रकाशित मिति: २०८३ भाद्र १३, शनिबार १९:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.