• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भोटेकोशी बाढीः मृतकका परिवारलाई प्रतिव्यक्ति रु २५ हजार, शव व्यवस्थापनमा रु तीन करोड

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १३, शनिबार १९:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भक्तपुर । बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाको अन्तिम संस्कारका लागि प्रतिमृतक २५ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ।

    मुख्यमन्त्री किरण थापाले शनिबार आयोजित पत्रकार सम्मेलनमा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनासँगै क्षतिग्रस्त सडक, पुललगायत भौतिक संरचनाको पुनर्निर्माणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिए।

    उनका अनुसार भदौ १० देखि १२ गतेसम्म मुख्यमन्त्रीको नेतृत्वमा मन्त्रीसहितको टोलीले बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी खोज तथा उद्धार, राहत, उपचार, अस्थायी आवास र सुरक्षित आवागमनलाई प्राथमिकता दिएको थियो।

    मुख्यमन्त्री थापाले बाढीमा परी मृत्यु भएकाको अन्तिम संस्कारका लागि सम्बन्धित परिवारलाई प्रतिमृतक २५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको बताए। घरबारविहीन भएका नागरिकका लागि प्रदेश सरकारले अस्थायी बसोबास र भोजनको व्यवस्था गरेको पनि उनले जानकारी दिए।

    सकुशल उद्धार गरिएका प्रभावित तथा सनाखत भएका शव सम्बन्धित ठेगानासम्म पुर्‍याउन लाग्ने खर्चसमेत प्रदेश सरकारले व्यहोर्ने भएको छ। खर्च अभावका कारण पहिचान भएका शव आफन्तले घर लैजान नसक्ने अवस्था आएमा त्यसको खर्च पनि प्रदेश सरकारले नै बेहोर्ने मुख्यमन्त्रीले स्पष्ट पारे।

    प्रदेश विपद् व्यवस्थापन कोषमार्फत रसुवा र नुवाकोटका स्थानीय विपद् व्यवस्थापन कोषमा एक–एक करोड तथा धादिङ र चितवनमा ५०–५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको उनले बताए।

    यसैगरी गोसाइँकुण्ड, कैलाश मानसरोवरलगायत धार्मिक यात्राका क्रममा अलपत्र परेका तीर्थयात्रीको सुरक्षित आवागमनका लागि दुई दिनदेखि निःशुल्क बस सेवा सञ्चालन गरिएको प्रदेश सरकारले जनाएको छ।

    बाढीका कारण त्रिशूली–धुन्चे तथा त्रिशूली–गल्छी हुँदै काठमाडौं जोड्ने सडक अवरुद्ध भएपछि वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याइएको मुख्यमन्त्री थापाले बताए। नुवाकोटको विदुरमा भदौ १० गते नै चार स्थानमा अस्थायी आश्रयस्थल तथा खानाको व्यवस्था गर्नुका साथै चार स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले जानकारी दिए।

    प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले मुख्यमन्त्रीको टोली धुन्चे पुगेपछि ६०० लिटर डिजेल तथा पेट्रोलको व्यवस्था गरी स्थानीय अस्पताल, यातायात र टेलिकम टावर सञ्चालनमा ल्याइएको बताए।

    उनका अनुसार सडकमा रहेका ४० भन्दा बढी पुल भत्किएपछि अवरुद्ध आवागमन सहज बनाउन सम्भावित स्थान पहिचान गरी बेलिब्रिज, झोलुङ्गे पुल तथा तुइन निर्माणको तयारी अघि बढाइएको छ।

    नुवाकोटको छहरे, चौघडा, बाहुनबेँसी, नर्जामण्डप, लच्याङ, सरमथली, पार्टीखर्क, हिल्चेकको पुल, भोर्ले, जिरोकिलो हुँदै पासाङल्हामु राजमार्गमार्फत धुन्चेसम्मको वैकल्पिक सडक सञ्चालनलाई तीव्रता दिइएको मन्त्री केसीले बताए।

    प्रभावित क्षेत्रमा खटिएका प्रदेश मातहतका सबै कर्मचारीलाई अर्को आदेश नभएसम्म कार्यस्थल नछाड्न तथा सार्वजनिक बिदाका दिनसमेत उद्धार, राहत र पुनःस्थापनामा निरन्तर खटिन निर्देशन दिइएको प्रदेश सरकारले जनाएको छ।

    Post Views: 120
    प्रकाशित मिति: २०८३ भाद्र १३, शनिबार १९:२१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.