पोखराको लेकसाईडस्थित होटलहरुले वाढीमा ज्यान गुमाएकाहरुको शव पहिचानका लागि पुग्ने आफन्तका लागि निशुल्क खाना र वासको व्यवस्था गरेको छ । लेकसाईड होटलियर्स क्लबको नेतृत्वमा ७० होटहरुले रसुवा वाढी प्रभावित तथा पिडीतका आफन्तलाई निशुल्क खाना तथा आवासको व्यवस्था गरेको हो ।
शव पहिचानका लागि पोखरा पुगेका मृतकका आफन्तहरुलाई शुक्रवारदेखि क्लबले सुविधा दिएको हो । त्यस्तै क्लबले शव पहिचानका लागि आएका पिडीतका आफन्तहरुलाई निशुल्क रुपमा होटलसम्मको यातायात सुविधा पनि पदान गरेको छ ।
रसुवा वाढीमा परि ज्यान गुमाएका मध्ये एक सयभन्दा बढीको शव पोखरास्थित पश्चिमाञ्चल श्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । तीमध्ये जम्मा ६ जनाको शव मात्रै पहिचान भएको छ ।
होटलियर्स क्लबले सामाजिक उत्तरदायीत्वमा सबैको भूमिका उत्तिकै रहने भन्दै सहयोग गरिरहेको जनाएको छ ।






