• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सुझाव दिएको भोलिपल्टै कोशीका सचिव निरौलालाई शव व्यवस्थापनका लागि टिमुरे खटाइयो

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १४, आईतवार १८:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई संघीय सरकारले रसुवाको टिमुरेमा शव व्यवस्थापनको जिम्मेवारीसहित काजमा खटाएको छ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा मन्त्रीस्तरीय निर्णयबाट निरौलालाई टिमुरे पठाउने निर्णय गरिएको हो।

    निरौलाले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीमा फेला परेका शवको व्यवस्थापनमा हतार नगर्न सरकारलाई सुझाव दिएका थिए। मोरङका प्रमुख जिल्ला अधिकारी हुँदा कोभिड–१९ महामारीका क्रममा शव व्यवस्थापनमा आफूले भोगेको अनुभव उल्लेख गर्दै उनले मृतकको पहिचान र आफन्तको खोजीलाई प्राथमिकता दिनुपर्ने बताएका थिए।

    उनले मृतकको धर्म, परम्परा, रीतिरिवाज र संस्कारअनुसार अन्तिम संस्कार गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने धारणा राखेका थिए। पहिचान नखुलेका शवलाई तत्काल गाड्दा आफन्तले आफ्ना परिवारका सदस्यको पहिचान गर्ने अवसर गुमाउन सक्ने उनको भनाइ थियो।

    निरौलाले शव केही समय सुरक्षित राख्न आवश्यक व्यवस्था मिलाउन सकिने भन्दै ‘लासलाई अन्याय नगरौँ र आफन्तको भावनामा कुठाराघात पनि नगरौँ’ भन्ने आग्रह गरेका थिए।

    उनले उक्त फेसबुक स्टाटस पछि हटाएका छन्। त्यसको भोलिपल्टै उनलाई रसुवाको टिमुरेमा शव व्यवस्थापनकै जिम्मेवारी दिएर काजमा खटाइएपछि निर्णयलाई चासोका साथ हेरिएको छ।

    Post Views: 81
    प्रकाशित मिति: २०८३ भाद्र १४, आईतवार १८:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.