• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १५, सोमबार ०६:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन्।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार साँझ ६ बजे गरिएको मापनमा ब्यारेजमा प्रतिसेकेन्ड १ लाख ८४ हजार ७८५ क्युसेक पानीको प्रवाह रहेको थियो। त्यसबेला २१ वटा ढोका खोलिएका थिए।

    पानीको बहाव थप बढेर प्रतिसेकेन्ड १ लाख ९२ हजार ५३५ क्युसेक पुगेपछि थप एक ढोका खोल्दै २२ वटा ढोका सञ्चालनमा ल्याइएको हो।

    कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि पश्चिमतर्फ खतराको सङ्केतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ।

    हालसम्म डुबानको प्रत्यक्ष जोखिम नरहे पनि दिउँसोदेखि नै नदीको जलसतह बढिरहेको प्रहरीले जनाएको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै सप्तकोशी आसपासका बासिन्दा तथा सम्बन्धित निकायलाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ।

    विशेषगरी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन, साथै कोशी नदीमा माछा मार्ने तथा दाउरा सङ्कलनजस्ता गतिविधि नगर्न जिल्ला प्रहरी कार्यालय सुनसरीले अनुरोध गरेको छ।

    Post Views: 95
    प्रकाशित मिति: २०८३ भाद्र १५, सोमबार ०६:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.