• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि रातभर काम, स्ल्याब फुटाएर प्रवेशको तयारी

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १५, सोमबार ०७:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। रसुवाको गोसाइँकुण्ड क्षेत्रमा बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि उद्धार टोलीले रातिसमेत काम जारी राखेको छ।

    सुरुङसम्म पुग्ने बाटो खुलाउन उद्धार टोलीले बाक्लो कंक्रिट स्ल्याब फुटाउने काम अघि बढाएको छ। आयोजनाको पछिल्लो विवरणअनुसार करिब ४०० मिलिमिटर बाक्लो ‘क्राउन स्ल्याब’ फुटाउन ब्लास्टिङ गरिएको छ।

    यसअघि डीटीएच मेसिनको प्रयोग गरी केबल टनेलसम्म प्वाल छेडिएको थियो। उक्त प्वालमार्फत सुरुङभित्रको अवस्थासमेत निरीक्षण गरिएको जनाइएको छ। सुरुङमा फसेकाहरूलाई हावा उपलब्ध गराउन कम्प्रेसरमार्फत हावा र अक्सिजन पठाइएको छ भने प्रकाशको समेत व्यवस्था गरिएको छ। यसबाट सुरुङभित्र रहेका व्यक्तिहरू सुरक्षित रहेको र उनीहरूले पर्याप्त हावा पाइरहेको आशा गरिएको उद्धार टोलीले जनाएको छ।

    आइतबार उद्धार टोली टनेल पोर्टसम्म पुगेको थियो। पोर्टको मुखमा जम्मा भएको माटो, लेदो तथा अन्य अवरोध हटाउने काम भइरहेको छ। पोर्ट सफा भएपछि अक्सिजनसहित उद्धारकर्मीलाई सुरुङभित्र पठाउने तयारी गरिएको छ।

    उद्धारकर्मी सुरुङभित्र प्रवेश गरेपछि त्यहाँको वास्तविक अवस्था प्रत्यक्ष निरीक्षण गर्नेछन्। सुरुङभित्र क्यामरासमेत पठाउने तयारी गरिएको छ, जसबाट बाहिरबाटै भित्रको अवस्थाको निगरानी गर्न सकिनेछ।

    उद्धार टोलीका अनुसार पोर्टबाट करिब १८० मिटर अगाडि रहेको सम्भावित ‘वर्किङ स्पेस’ सम्म पुग्न सकेपछि सुरुङमा फसेका व्यक्तिहरूको वास्तविक स्थान, अवस्था र सुरक्षाबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ।

    भारतीय उद्धार टोली पनि सक्रिय

    भारतबाट आएको टनेल उद्धार विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी चिलिमे र लाङटाङ क्षेत्रका जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ।

    भारतीय टोलीले नेपाली सेनासँगको समन्वयमा आगामी दिनमा पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिने जनाएको छ।

    रसुवामा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य संरचनामा फसेका करिब ५०० जनाको पाँच दिन बितिसक्दा पनि उद्धार हुन सकेको छैन।

    प्रतिकूल मौसम, सुरुङमा जम्मा भएको लेदो तथा क्षतिग्रस्त संरचनाका कारण उद्धारमा चुनौती देखिएको छ। यद्यपि नेपाली सेना, प्राविधिक तथा उद्धार टोलीले रातदिन काम गरिरहेको सरकारले जनाएको छ। सुरुङमा फसेका मजदुर तथा इन्जिनियरका परिवारले तत्काल उद्धारको माग गर्दै दबाब बढाइरहेका छन्।

    Post Views: 84
    प्रकाशित मिति: २०८३ भाद्र १५, सोमबार ०७:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.