नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति, साइप्रसको नयाँ अध्यक्षमा पुनः पुष्पा मिश्र सर्वसमम्त निर्वाचित भएकी छन् । जनसम्पर्क समितिको तेस्रो अधिवेशनले मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
आइतबार भएको अधिवेशनले मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको निर्वाचन समितिका संयोजक विन्दु दुलालले जानकारी दिए ।
नवनिर्वाचित कार्यसमितिको उपसभापति पदमा मायादेवी वलि खत्री र भुवन खड्का चयन भएका छन् । त्यसैगरी, महामन्त्रीको जिम्मेवारी प्रकाश खड्का र पार्वती सापकोटाले सम्हाल्ने भएका छन् भने सहमहामन्त्रीमा कैलास बस्नेत र सिताराम ढुगाना सर्वसम्मत निर्वाचित भए । समितिको कोषाध्यक्षमा रिता थापा चयन भइन् ।
कार्य समिति सदस्यहरूमा सुमन कार्की, सुदर्शन नेगि, इन्दिरा बानियाँ र रामकृष्ण दाहाल निर्वाचित भए । साइप्रसमा ५०० बढी नेपाली कांग्रेसको क्रियाशील सदस्य छन् ।






