• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

सरकार राहत र पुनःस्थापनालाई प्राथमिकतामा राखेर अघि बढिरहेको छ : प्रधानमन्त्री बालेन

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १५, सोमबार २०:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार, राहत तथा विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय सरकारको भूमिकाको प्रशंसा गरेका छन् ।

    बाढी आएको छैटौँ दिनको पछिल्लो अवस्थाबारे फेसबुकमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले संघीय सरकारलाई प्रदेश तथा स्थानीय तहबाट प्राप्त सहयोग र समन्वयले कठिन परिस्थितिमा विपद् व्यवस्थापन सहज भएको बताएका हुन् ।

    प्रधानमन्त्रीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ३७९ जनाको उद्धार गरिएको छ भने ९३९ जनाको शव फेला परेको छ । स्थानीय सरकारको सक्रियतामा ३ हजार ६९६ प्रभावित नागरिकलाई राहत सामग्री उपलब्ध गराइएको उनले जानकारी दिएका छन् ।

    ‘स्थानीय र प्रदेश सरकारको साथले गर्दा नै अप्ठ्यारो परिस्थितिमा पनि नागरिकको व्यवस्थापन सहज भएको छ,’ प्रधानमन्त्री शाहले भनेका छन् ।

    उनका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म ५ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ । उक्त रकम पारदर्शी ढंगले विपद् प्रभावित नागरिकको हितमा प्रयोग गरिने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

    प्रधानमन्त्री शाहले सडक, विद्युत् तथा सञ्चार सेवा पुनःस्थापनामा भइरहेको प्रगतिबारे समेत जानकारी दिएका छन् । अब सरकारको प्राथमिकता उद्धार र राहतसँगै पुनःस्थापना तथा दीर्घकालीन विपद् व्यवस्थापनमा केन्द्रित हुने उनले बताएका छन् ।

    हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण यस्ता प्राकृतिक विपद्का घटना बढ्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यस विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने समय आएको समेत बताएका छन् ।

    Post Views: 86
    प्रकाशित मिति: २०८३ भाद्र १५, सोमबार २०:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.