• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १८, बिहीबार ०७:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    झापा। नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च प्रविधिको ‘गोप्रो क्यामेरामार्फत निगरानी सुरु गरेको छ। सीमा सुरक्षा, सूचना सङ्कलन तथा आपराधिक गतिविधि नियन्त्रणलाई प्रभावकारी बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापाले उक्त प्रविधि प्रयोगमा ल्याएको हो।

    सीमा क्षेत्रमा अवाञ्छित वा आपराधिक घटना भएमा घटनाको प्रत्यक्ष प्रमाण सङ्कलन गरी अनुसन्धानलाई थप पारदर्शी र वस्तुनिष्ठ बनाउन गोप्रो क्यामेरा उपयोगी हुने सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले बताए।

    उनका अनुसार हाल गणले दुई थान गोप्रो क्यामेरा सञ्चालनमा ल्याएको छ। सीमा क्षेत्रमा हुने अवैध तस्करी, चोरी–निकासी तथा अन्य सीमा अपराध नियन्त्रणमा क्यामेराको प्रयोगले महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

    सशस्त्र प्रहरीको प्रविधिमैत्री र सक्रिय परिचालनले सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। स्थानीयवासीले समेत शान्ति–सुरक्षा कायम गर्न सशस्त्र प्रहरीलाई सहयोग गर्दै आएका छन्।

    Post Views: 71
    प्रकाशित मिति: २०८३ भाद्र १८, बिहीबार ०७:४१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.