• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाढी–पहिरोले मुख्य राजमार्ग प्रभावित, विभिन्न सडकखण्डमा आवागमन अवरुद्ध

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १८, बिहीबार ०८:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ६ः३५ बजे सार्वजनिक गरेको विवरणअनुसार राजधानी जोड्ने सडकदेखि पहाडी जिल्लाका विभिन्न मार्गमा यातायात अवरुद्ध तथा एकतर्फी सञ्चालनमा छन्।

    काठमाडौँ–धादिङ जोड्ने सडकअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ चिसोपानीमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। यस्तै, बीपी राजमार्गको काभ्रे खण्डमा बाढीको जोखिमलाई ध्यानमा राख्दै रातिको समयमा १० टनसम्मका मालवाहक सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइएको छ। दिउँसो भने सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ।

    रसुवा जाने त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डअन्तर्गत उत्तरगया–५ खाल्टेमा बाढीले सडक पूर्ण रूपमा अवरुद्ध पारेको छ। उक्त सडक लामो समयसम्म अवरुद्ध रहन सक्ने प्रहरीको आकलन छ।

    त्यसैगरी, नुवाकोटको टोखा–छहरे तथा पासाङ ल्हामु राजमार्गमा बाढी र पहिरोको जोखिमका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। केही स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

    यातायातको उच्च चाप रहने पृथ्वी राजमार्गको अवस्था पनि प्रभावित भएको छ। धादिङको कृष्णभीरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ। परेवा भिरमा भने साना सवारीसाधन एकतर्फी सञ्चालन भइरहेका छन्। जवाखोला र कमेरेभिरमा पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

    प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित सडकखण्डको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, बाढी, पहिरो तथा सडकको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन पनि प्रहरीले अनुरोध गरेको छ।

    Post Views: 73
    प्रकाशित मिति: २०८३ भाद्र १८, बिहीबार ०८:२७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.