• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नेपाल भलिबल लिग आजदेखि : पहिलो खेलमा सगरमाथा र मधेश भिड्दै

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १९, शुक्रबार ०८:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । नेपाली पुरुष भलिबललाई फ्रेन्चाइज र व्यावसायिक मोडलमा अघि बढाउने लक्ष्यसहित आयोजना गरिएको नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ । पहिलो संस्करणमा ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

    केडिया ग्रुपको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आज सगरमाथा स्म्यासर्स र मधेश वारियर्स आमनेसामने हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा हुने खेल अपराह्न ४ बजे सुरु हुनेछ ।

    पहिलो दिनको दोस्रो खेलमा अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली यशविसबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ७ बजे सुरु हुने आयोजकले जनाएको छ ।

    एनभीएलको पहिलो दिन टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले यसअघि नै घोषणा गरिसकेको छ ।

    यस्तो हुनेछ प्रतियोगिताको ढाँचा

    प्रतियोगितामा सहभागी ६ टोलीले सिंगल राउन्ड रोबिन प्रणालीमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । लिग चरण सकिएपछि शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ ।

    दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् । पहिलो संस्करणमा सगरमाथा स्म्यासर्स, मधेश वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली यशविस र खप्तड फाल्कन्स सुदूरपश्चिम सहभागी छन् ।

    विजेतालाई २० लाख रुपैयाँ

    एनभीएलको पहिलो संस्करणको विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । यो नेपाली भलिबलको इतिहासमै सर्वाधिक पुरस्कार राशि भएको आयोजकको दाबी छ ।

    प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ । बाँकी १२ लाख रुपैयाँ उपविजेता, विधागत पुरस्कार तथा प्लेयर अफ द म्याचलगायतका अवार्डमा प्रदान गरिनेछ ।

    १० देशका १८ विदेशी खेलाडी

    एनभीएलको पहिलो संस्करणमा विभिन्न १० देशका १८ विदेशी खेलाडी सहभागी हुँदैछन् । नेपालमा आयोजना हुने पुरुष भलिबल प्रतियोगिताको इतिहासमै एउटै प्रतियोगितामा यति ठूलो संख्यामा विदेशी खेलाडी सहभागी हुन लागेको यो पहिलो पटक हो ।

    प्रतियोगितामा पाकिस्तानबाट पाँच, भारत र मंगोलियाबाट तीन–तीन खेलाडी सहभागी छन् । त्यस्तै इरान, रुस, पोल्यान्ड, बेलारुस, सर्विया, ब्राजिल र बेनिनबाट एक–एक खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

    यसअघि नेपालमा हुने पुरुष भलिबल प्रतियोगितामा भारत र पाकिस्तानका खेलाडीको सहभागिता बढी हुने गरेको भए पनि एनभीएलमा एसियादेखि युरोप र दक्षिण अमेरिकासम्मका खेलाडी सहभागी भएका छन् ।

    विदेशी खेलाडीको सहभागिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेलाडीसँग घरेलु कोर्टमै प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    नयाँ प्रतिभालाई पनि अवसर

    फ्रेन्चाइज टोली, खेलाडी अक्सन, विदेशी खेलाडीको सहभागिता र आकर्षक पुरस्कारका कारण एनभीएलको पहिलो संस्करणप्रति नेपाली भलिबल समर्थकको उत्साह बढेको छ ।

    प्रतियोगितामा राष्ट्रिय टोलीका अनुभवी खेलाडीसँगै ट्यालेन्ट हन्टबाट छनोट भएका युवा खेलाडीले पनि अवसर पाएका छन् । ६ वटै फ्रेन्चाइज टोलीले ट्यालेन्ट हन्टमार्फत १९ वर्षमुनिका एक–एक खेलाडीलाई टोलीमा समावेश गरेका छन् ।

    नयाँ पुस्ताका खेलाडीका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग एउटै ड्रेसिङ रुम साझा गर्दै कोर्टमा प्रतिस्पर्धा गर्ने अवसरले उनीहरूको अनुभव र क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

    ‘उचाइको नयाँ उडान’ भन्ने नारासहित सुरु हुन लागेको एनभीएलले नेपाली पुरुष भलिबललाई व्यावसायिकतातर्फ अघि बढाउँदै खेलको स्तर र लोकप्रियता थप उचाइमा पुर्‍याउने विश्वास आयोजकले लिएको छ ।

    Post Views: 78
    प्रकाशित मिति: २०८३ भाद्र १९, शुक्रबार ०८:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.