• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १९, शुक्रबार ११:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ ।अविरल वर्षासँगै विभिन्न स्थानमा आएको बाढी र पहिरोका कारण काठमाडौँ उपत्यका तथा बागमती प्रदेशका प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।

    नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो सडक अवस्थाअनुसार पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। गजुरी गाउँपालिका–२ स्थित परेवाभीरमा भने साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन्। जवाङखोला र कमेरेभीर क्षेत्रमा पनि एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

    सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गको काभ्रे खण्डमा सवारी सञ्चालनमा समयसीमा निर्धारण गरिएको छ। १० टनसम्मका मालवाहक सवारीसाधनलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न दिइनेछ। दिउँसो भने सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालनको अनुमति दिइने जनाइएको छ।

    त्यस्तै, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी सडकअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीले सडकमा क्षति पुर्‍याएपछि यातायात पूर्ण रूपमा बन्द भएको छ। रसुवाका अन्य मुख्य सडकसमेत अर्को सूचना जारी नभएसम्म बन्द राखिएको प्रहरीले जनाएको छ।

    नुवाकोटको टोखा–छहरे सडकअन्तर्गत घट्टेखोलामा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। सिमटारस्थित पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा बन्द रहेको छ।

    यसैबीच, काठमाडौँ प्रवेश गर्ने चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरो हटाइएपछि काठमाडौँ–धादिङ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

    प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। लामो दूरीको यात्रामा निस्कनुअघि सम्बन्धित जिल्लाको ट्राफिक प्रहरी वा प्रहरी ‘कन्ट्रोल रुम’मा सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिनसमेत अनुरोध गरिएको छ। अवरुद्ध सडक खुलाउन डोजर तथा प्राविधिक टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

    Post Views: 47
    प्रकाशित मिति: २०८३ भाद्र १९, शुक्रबार ११:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.