• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

डिएनए पहिचान भएपछि छोराले हत्या गरेको पुष्टि

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १९, शुक्रबार १२:४८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन -एउटा हत्याको घटनामा डिएनए परीक्षणबाट भरतपुर महानगरपालिका-१८ का मृतक टीकाराम नेपालीको पहिचान खुलेपछि त्यस हत्यामा संलग्न आफ्नै छोराहरु रहेको पुष्टि भएको छ।

    नारायणी नदी किनारमा भेटिएका  हाड खोरलाई डिएनएमार्फत व्यक्ति पहिचान भए पछि हत्या भएको खुलेको हो। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार विसं २०७९ फागुन १९ गते भरतपुर-१७, गाजीपुरस्थित नारायणी नदीको बगरमा खप्परको हड्डी, मेरूदण्डको हाड, कम्मरको हड्डी, तिघ्रा र दुवै नलीखुट्टाका हाडलगायतको कङ्काल भेटिएको थियो।

    कङ्कालको वरपर केही कपडा, मोबाइल, मुख बाँधिएको, च्यातिएका बोरा, प्लास्टिकका थैलोसमेत फेला परेको प्रहरीले जनाएको छ। ती कङ्काललगायत अङ्ग भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। बाबु बेपत्ता भएको भनिएका मृतक टीकाराम नेपालीको कान्छो छोरा अनिल नेपालीको रगत नमुना लिई डिएनए परीक्षण गर्दा उक्त हड्डीहरु बाबु टीकारामको भएको पुष्टि भएको थियो।

    त्यसपछि बाबुको हत्या गर्ने छोराहरुको खोजिमा प्रहरी लागेको प्रहरी नायब उपरिक्षक चन्द्रभूषण यादबले जानकारी दिए। मृतक नेपालीका जेठा छोरा अम्मरसिंह नेपाली र माइलो छोरा विष्णुबहादुर नेपालीसँगै वैदेशिक रोजगारमा छन्।

    आरोपितलाई झिकाउन प्रहरीले ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो। केही दिनअघि हत्या आरोपितमध्ये अम्मरसिंह नेपाल आएपछि उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो।

    निज पक्राउ परेसँगै उनी र माइलो भाइ मिलेर हत्या गरेको वयान दिएको उपरीक्षक यादवले जानकारी दिए।  घरमा बाबुआमाबीच झगडा भएपछि भागेर नवलपरासीको गैँडाकोटमा अर्काको घरमा काम गरिरहेका बाबुलाई दुई छोराले फकाएर घर ल्याई हत्या गरेको पक्राउ परेका नेपालीले बयान दिएको उनले जानकारी दिए।

    निजलाई ज्यानसम्बन्धी कसुरको मागदाबी लिई चितवन जिल्ला अदालतमा पेस गरिएको छ। पक्राउ परेका जेठो छोरा अम्मरलाई भदौ १६ गते पुर्पक्षका लागि थुनामा पठाइएको छ भने भाई विष्णु वैदेशिक रोजगारीमा छन्।

    Post Views: 71
    प्रकाशित मिति: २०८३ भाद्र १९, शुक्रबार १२:४८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.