• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रसुवा बाढी : मृतकको संख्या १,२९० पुग्यो, ४ हजार ७९८ अझै बेपत्ता

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १९, शुक्रबार १३:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म १ हजार २९० जनाको शव फेला परेको छ । बाढीपछि सम्पर्कविहीन भएका ४ हजार ७९८ जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेका शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष छन् । त्यस्तै, आंशिक अंगसहित ५३२ जनाको शव फेला परेको छ । उपचारका क्रममा अस्पतालमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार अझै बेपत्ता रहेकामा २ हजार ३६९ पुरुष र ४७८ महिला छन् । फोनमार्फत जानकारी प्राप्त भएका १ हजार ३५० जना तथा ६०१ जना विदेशी नागरिक पनि बेपत्ताको सूचीमा रहेको प्रवक्ता काफ्लेले जानकारी दिए ।

    बाढी प्रभावित विभिन्न क्षेत्रमा फेला परेका शवको पहिचान, अभिलेखीकरण तथा व्यवस्थापनको काम प्रहरीले निरन्तर गरिरहेको छ । ठूलो भूभाग प्रभावित भएकाले सम्भावित स्थानमा खोजी तीव्र पारिएको जनाइएको छ ।

    ८ हजार १९७ जनाको उद्धार

    प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि हालसम्म ८ हजार १९७ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये ४ हजार ६१८ पुरुष र २ हजार ४७२ महिला छन् ।

    त्यस्तै, ९०३ विदेशी पुरुष र १५२ विदेशी महिलाको समेत उद्धार गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । उद्धार गरिएकामध्ये ५२ जनाको भने पहिचान खुल्न बाँकी रहेको छ ।

    सुरक्षा निकायको खोजी अभियान जारी

    ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित स्थानीय तह तथा अन्य सरोकारवाला निकायको समन्वयमा खोजी तथा उद्धार अभियान जारी छ ।

    प्रहरीका अनुसार मृतक १ हजार १४३ जना र मृतकका आफन्त ७१९ जनासहित १ हजार ८६२ जनाको डीएनए नमुना संकलन गरिएको छ । बेपत्ता तथा फेला परेका शवको पहिचानमा सहजता ल्याउन डीएनए परीक्षणको प्रक्रिया अघि बढाइएको हो ।

    ९२६ शवको व्यवस्थापन

    प्रहरीले हालसम्म ९२६ जनाको शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको जनाएको छ । आवश्यक कानुनी तथा प्रक्रियागत काम पूरा गरी शव व्यवस्थापन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    बाढीपछि बेपत्ता भएका व्यक्तिको खोजी, फेला परेका शवको पहिचान तथा व्यवस्थापनका लागि राज्यका विभिन्न निकाय परिचालन भइरहेका छन् । परिवारजन तथा प्राप्त सूचनाका आधारमा बेपत्ताको विवरणसमेत निरन्तर अद्यावधिक गरिँदै आएको प्रहरीले जनाएको छ ।

    Post Views: 80
    प्रकाशित मिति: २०८३ भाद्र १९, शुक्रबार १३:५३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.