• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कृष्ण जन्माष्टमीमा बालबालिकालाई प्रधानमन्त्री शाहको सन्देश : सुरक्षित भविष्यका लागि एकजुट बनौँ

  •  नेपाल चौतारी
  • २०८३ भाद्र १९, शुक्रबार २०:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले कृष्ण जन्माष्टमीका अवसरमा बालबालिकालाई सम्बोधन गर्दै सुरक्षित एवं उज्यालो भविष्य निर्माणका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।

    रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाप्रति सहानुभूति व्यक्त गर्दै प्रधानमन्त्री शाहले विपद्बाट सिकेर भविष्यमा स–साना कुरादेखि नै पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका छन् ।

    उनले बाढी प्रभावित क्षेत्रमा बालबालिका, वृद्धवृद्धा, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति तथा गम्भीर घाइतेलाई उद्धारमा प्राथमिकता दिइएको उल्लेख गर्दै सुरक्षित र सहज बसोबासको व्यवस्था गरिने बताए ।

    प्रधानमन्त्री शाहले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको भन्दै बालबालिकालाई समेत विपद् जोखिम न्यूनीकरणका विषयमा सचेत हुन आग्रह गरेका छन् ।

    उनले घरमा आवश्यक सामग्रीसहितको ‘विपद् झोला’ तयार राख्न, सानैदेखि बचत गर्ने बानी बसाल्न तथा जलवायु परिवर्तन र त्यसको प्रभावबारे अध्ययन एवं छलफल गर्न बालबालिकालाई सुझाव दिएका छन् ।

    प्रधानमन्त्री शाहका अनुसार विपद्को समयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाललगायतका सुरक्षा निकाय तथा विभिन्न विज्ञ टोलीले जोखिम मोलेर उद्धारमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले उनीहरूप्रति आभार व्यक्त गर्दै विदेशमा रहेका नेपाली, मित्रराष्ट्र तथा विकास साझेदार संस्थाले गरेको सहयोगका लागि पनि धन्यवाद दिएका छन् ।

    उनले विपद्को समयमा निराश नभई धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै सुरक्षित र उज्यालो नेपालको निर्माणमा सबै मिलेर जुट्न आह्वान गरेका छन् ।

    प्रधानमन्त्री शाहले भनेका छन्, “विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ।”

    Post Views: 90
    प्रकाशित मिति: २०८३ भाद्र १९, शुक्रबार २०:०६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.