• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २०, शनिबार ०७:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । बाढीका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सुरुङभित्र हराइरहेकाहरूको खोजी तथा उद्धार कार्य शुक्रबार पनि जारी रह्यो ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार खोजीका क्रममा ६ जनाको शव फेला परेको छ । सल्लेटार क्षेत्रमा भेटिएका शवलाई नेपाली सेनाले बट्टार ल्याएको हो । शवको अवस्था क्षतविक्षत रहेकाले पहिचान हुन सकेको छैन ।

    शुक्रबार दिनभर हेडवर्क्स तथा सुरुङ क्षेत्रमा खोजी गरिएको थियो । उद्धारका लागि कोरियाली, शेर्पा, सर्च तथा ड्रोन टोली परिचालन गरिएको छ । त्यस्तै, विशेष क्यामेरा र तालिमप्राप्त कुकुरसमेत खोजीमा प्रयोग गरिएको छ ।

    कम्पनीका अनुसार उद्धार कार्यका लागि १५ वटा विभिन्न मेसिन तथा उपकरण आयोजनास्थलमा पुर्‍याइएको छ । शनिबारदेखि खोजी तथा उद्धार कार्यलाई थप तीव्रता दिइने जनाइएको छ ।

    सुरुङभित्र जमेको पानी निकाल्न शुक्रबार पनि वाटर पम्प सञ्चालनमा राखिएको थियो । बाढी आउनुअघि आयोजनास्थलमा एक हजार ४३३ जना कार्यरत रहेकामा हालसम्म ८७६ जनाको उद्धार भइसकेको छ ।

    यसैबीच, प्रवर्द्धक कम्पनी तथा निर्माण कम्पनी डोसान र पावर चाइनाको व्यवस्थापन टोलीले शुक्रबार गृह सचिव केदारनाथ शर्मासँग भेट गरी उद्धारको पछिल्लो अवस्थाबारे जानकारी गराएको छ ।

    टोलीले उद्धारका लागि आवश्यक थप मेसिन तथा उपकरण आयोजनास्थलसम्म पुर्‍याउन सहजीकरण गरिदिन आग्रह गरेको थियो । गृह सचिव शर्माले आवश्यक उपकरण तत्काल पठाउन सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

    Post Views: 58
    प्रकाशित मिति: २०८३ भाद्र २०, शनिबार ०७:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.