• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रमुख जिल्ला अधिकारीसहित २३ सहसचिव र उपसचिवको सरुवा (सूचीसहित)

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २०, शनिबार १०:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तथा सहसचिव र उपसचिव तहका कर्मचारीको सरुवा गरेको छ।

    मन्त्रालयले गत १८ भदौमा गरेको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय तथा मन्त्रालयमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो।

    निर्णयअनुसार सहसचिव श्रवणकुमार पोखरेललाई झापाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ भने सल्यानका प्रजिअ महेन्द्रकुमार सापकोटालाई सुर्खेतको प्रजिअको जिम्मेवारी दिइएको छ।

    त्यस्तै, जाजरकोटका प्रजिअ खडानन्द अधिकारीलाई बारा र बाराका प्रजिअ धर्मेन्द्रकुमार मिश्रलाई गोरखाको प्रजिअमा सरुवा गरिएको छ। गोरखाका प्रजिअ तुलसीबहादुर श्रेष्ठलाई गृह मन्त्रालय तानिएको छ।

    खोटाङकी प्रजिअ रेखा कँडेललाई दोलखा र दोलखाका प्रजिअ हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

    यसैगरी रौतहटका प्रजिअ दिनेश सागर भुसाललाई गृह मन्त्रालय, रोल्पाका प्रजिअ गंगाबहादुर क्षेत्रीलाई पर्वत तथा पर्वतका प्रजिअ लक्ष्मीप्रसाद पौडेललाई रौतहटको जिम्मेवारी दिइएको छ।

    अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत वेदराज फुयाँललाई डडेलधुराको प्रजिअ बनाइएको छ। डडेलधुराका प्रजिअ अमरबहादुर वलीलाई बाँकेको सहायक प्रजिअमा सरुवा गरिएको छ।

    गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्याललाई भोजपुरको प्रजिअ, बाँकेका सहायक प्रजिअ महेशकुमार गुरुङलाई खोटाङको प्रजिअ, उपसचिव बन्दना केसीलाई सल्यान र गणेश गैरैलाई म्याग्दीको प्रजिअको जिम्मेवारी दिइएको छ।

    त्यस्तै, बागलुङका सहायक प्रजिअ नवराज बराललाई जाजरकोटको प्रजिअमा पठाइएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाका प्रमुख अध्यागमन अधिकृत बलराम निरौलालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

    मन्त्रालयका सहसचिव ऋषिराम तिवारीलाई लागूऔषध नियन्त्रण विभाग, काठमाडौंमा सरुवा गरिएको छ। मन्त्रालयले एकैपटक गरेको यो सरुवामार्फत विभिन्न जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा समेत हेरफेर गरेको हो।

    Post Views: 78
    प्रकाशित मिति: २०८३ भाद्र २०, शनिबार १०:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.