• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तकोे ‘डिएनए’ नमूना सङ्कलन

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २१, आईतवार ०८:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नारायणगढ (चितवन) । रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवको व्यवस्थापन तथा पहिचान प्रक्रिया जारी छ । शवको वैज्ञानिक पहिचानका लागि आफन्तबाट ‘डिएनए’ नमूना सङ्कलन गर्ने कामसमेत भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म जिल्लामा ३६२ शव फेला परेका छन् । तीमध्ये ३३३ शवको व्यवस्थापन भइसकेको छ भने १४ शवको सनाखतपछि आफन्तको जिम्मा लगाइएको छ ।

    शवको वैज्ञानिक पहिचानका लागि भदौ १६ गतेदेखि डिएनए नमूना सङ्कलन सुरु गरिएको हो । भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका ६८ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको यादवले जानकारी दिनुभयो ।

    भदौ १६ गते सात पुरुषको नमूना सङ्कलन गरिएको थियो । भदौ १७ गते २६ जनाको नमूना लिइएकामा दुई महिला, २२ पुरुष र दुई भारतीय पुरुष नागरिक छन् । भदौ १८ गते २२ जनाको नमूना सङ्कलन गर्दा चार महिला, १४ पुरुष, एक बालक र तीन भारतीय पुरुष नागरिक रहेका छन् ।

    त्यस्तै, भदौ १९ गते सात जनाको नमूना सङ्कलन गरिएकोमा एक महिला, चार पुरुष, एक बालक र एक भारतीय पुरुष छन् । भदौ २० गते थप छ जनाको नमूना लिइएकामा दुई महिला, एक पुरुष र तीन बालक रहेका छन् ।

    प्रनाउ यादवका अनुसार हराइरहेका व्यक्तिको खोजी, शवको पहिचानका लागि डिएनए परीक्षण, बेपत्ता व्यक्तिको विवरण सङ्कलन तथा सम्बन्धित निकायसँगको समन्वय निरन्तर भइरहेको छ ।

    Post Views: 79
    प्रकाशित मिति: २०८३ भाद्र २१, आईतवार ०८:५९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.