• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २३, मंगलवार ०८:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि श्रीमान् सम्पर्कविहीन भएको दुई सातासम्म पनि अवस्था अज्ञात रहेपछि जनकपुरधामकी पूजा साहको चिन्ता र छटपटी बढ्दै गएको छ ।

    रसुवास्थित युटी २१६ मेगावाट डूसन पावर हाउसमा कार्यरत इन्जिनियर अजयप्रसाद सिंह भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन हुनुभएको हो । उहाँको अवस्था अझै पत्ता लाग्न नसकेपछि परिवारले खोज तथा उद्धारलाई तीव्र बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

    श्रीमान् सकुशल रहेको विश्वासमा रहनुभएकी पूजाले सामाजिक सञ्जालमार्फत भावुक अपिल गर्नुभएको छ । “तिमी जहाँ छौँ, जस्तो छौँ, मलाई खबर गर, म आफैँ आउँछु, तिमीलाई लिन । बस्, एकपटक तिम्रो आवाज सुन्न र तिमीलाई देख्न पाऊँ,” उहाँले लेख्नुभएको छ ।

    पूजाका अनुसार सानी छोरीसमेत बाबाको भिडियो कल र आवाजको प्रतीक्षामा छिन् । “हाम्रो नानी अझै बाबाको भिडियो कलको प्रतीक्षामा छिन् । बाबाको आवाज सुन्न र अनुहार हेर्न पाएकी छैनन्,” उहाँले भन्नुभएको छ ।

    उहाँले श्रीमान् जहाँ भए पनि सकुशल घर फर्काइदिन सरकार, सुरक्षा निकाय, स्थानीय तह तथा सम्बन्धित सबै पक्षसँग आग्रह गर्नुभएको छ । “मैले अब केही मागेकी छैन, बस् मेरो श्रीमान् जहाँ हुनुहुन्छ, त्यहीँबाट सकुशल घर फर्काइदिनुहोस्,” उहाँको अपिल छ ।

    सिंहको खोजीका लागि परिवारले सम्बन्धित कम्पनी, जिल्ला प्रशासन, सुरक्षा निकाय, स्थानीय तह र विपद् व्यवस्थापन निकायको ध्यानाकर्षण गराउँदै तत्काल प्रभावकारी खोजी अभियान सञ्चालन गर्न माग गरेको छ ।

    पूजाले मैलुङ बजार, क्याम्प आसपास, ठाडेगाउँ, राम्चे, ग्राङ, बटार, कालिकास्थान, धुन्चे, भोर्ले, यार्सा, मैलुङडाँडा तथा आसपासका सम्भावित क्षेत्रमा खोजी गर्न आग्रह गर्नुभएको छ । जङ्गल, पहाडी तथा अन्य सम्भावित स्थानमा ड्रोन र उद्धार टोली परिचालन गर्नुपर्ने उहाँको माग छ ।

    उहाँका अनुसार सम्पर्कविहीन भएकाहरूको खोजीका लागि टोली पठाउने आश्वासन पाए पनि प्रभावकारी रूपमा खोजी हुन नसकेको परिवारको गुनासो छ । बिहान ड्रोनसहितको उद्धार टोली घटनास्थलतर्फ जाने भनिए पनि दिउँसोसम्म टोली नपुगेको उहाँले बताउनुभयो ।

    “हामी तपाईंहरूको कार्यालय धाउँदै–धाउँदै, अनुरोध गर्दागर्दै थाकिसकेका छौँ । अब के गर्ने ?” पूजाले प्रश्न गर्नुभएको छ ।

    उहाँले सिंहको मात्र नभई मैलुङ क्षेत्रमा सम्पर्कविहीन तथा अलपत्र परेका सबै नागरिकको खोज तथा उद्धारलाई प्राथमिकतामा राख्न माग गर्नुभएको छ । “अब आश्वासन होइन, तत्काल उद्धार चाहिएको छ । हाम्रा मानिसहरूलाई खोजिदिनुहोस्, उद्धार गरिदिनुहोस्,” उहाँले भन्नुभएको छ ।

    यसैबीच, भोटेकोशी बाढीमा हराइरहेका मधेस प्रदेशका २२० जनामध्ये ३८ जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार सप्तरी र बाराका एक–एक जना गरी दुई जनाको शव फेला परेको छ भने १८० जना अझै सम्पर्कविहीन छन् ।

    बाढीपछि आफन्तको अवस्था अज्ञात रहँदा सिंहको परिवारसहित अन्य परिवार पनि निरन्तर चिन्तामा छन् । पीडित परिवारले सम्भावित सबै क्षेत्रमा समन्वय गरी खोज तथा उद्धार अभियान तीव्र बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

    रासस

    Post Views: 95
    प्रकाशित मिति: २०८३ भाद्र २३, मंगलवार ०८:०२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.