• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

तिलौराकोट संरक्षणका लागि थप जग्गा अधिग्रहण हुँदै

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २५, बिहीबार ११:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । प्राचीन कपिलवस्तुको राजधानी तिलौराकोटको पुरातात्विक सम्पदा संरक्षणका लागि किल्ला आसपासका थप जग्गा अधिग्रहण गरिने भएको छ । तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गराउने तयारीअन्तर्गत पुरातत्व विभागले जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको हो ।

    किल्ला परिसर बाहिर गरिएको पुरातात्विक उत्खनन तथा भू–भौतिक सर्वेक्षणका क्रममा प्राचीन संरचनाका भग्नावशेष र अन्य महत्वपूर्ण पुरातात्विक अवशेष फेला परेका छन् । ती संरचनाको अध्ययन, अनुसन्धान तथा संरक्षणका लागि सम्बन्धित क्षेत्रका जग्गा आवश्यक भएकाले अधिग्रहण गर्न लागिएको विभागले जनाएको छ ।

    विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालका अनुसार साविक मालपारा–१ ‘ख’ र मालपारा–४ ‘क’ अन्तर्गतका विभिन्न कित्ता नम्बरका जग्गा अधिग्रहण गरिनेछ । पुरातात्विक महत्वका संरचना तथा वस्तु फेला परेका क्षेत्रलाई संरक्षणको दायरामा ल्याउन जग्गा प्राप्तिको प्रक्रिया अघि बढाइएको उनले बताए ।

    जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम विभागले सम्बन्धित जग्गाधनी, भू–स्वामी तथा अन्य सरोकारवालालाई सूचना जारी गर्दै अधिग्रहण प्रक्रियामा सहयोग गर्न आग्रह गरेको छ ।

    भगवान् गौतम बुद्धले राजकुमार सिद्धार्थका रूपमा जीवनको २९ वर्ष बिताएको स्थलका रूपमा तिलौराकोटलाई लिने गरिन्छ । किल्ला परिसर बाहिरसमेत प्राचीन संरचनाका प्रमाण फेला परेपछि संरक्षणको दायरा विस्तार गर्न लागिएको हो ।

    अधिकृत खनालका अनुसार थप जग्गा अधिग्रहणपछि पुरातात्विक संरचनाको विस्तृत अध्ययन तथा अनुसन्धान गर्न, अवशेषको संरक्षण गर्न र सम्पदा क्षेत्रको व्यवस्थित व्यवस्थापन गर्न सहज हुनेछ ।

    तिलौराकोटलाई विश्वसम्पदा सूचीमा समावेश गराउने प्रयासअन्तर्गत पुरातात्विक महत्वका क्षेत्रको संरक्षण, अनुसन्धान र व्यवस्थापनलाई विभागले प्राथमिकतामा राखेको छ ।

    Post Views: 56
    प्रकाशित मिति: २०८३ भाद्र २५, बिहीबार ११:४१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.