• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

न्यायाधीश कुमार रेग्मी र राईविरुद्ध महाभियोग माग गर्दै संसद् सचिवालयमा निवेदन

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २५, बिहीबार १३:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाउन माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन दर्ता भएको छ।

    स्थानीय शंकर रजकले दुवै संवैधानिक पदाधिकारीमाथि महाभियोग प्रक्रिया अघि बढाउन माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका हुन्। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले निवेदन प्राप्त भएको पुष्टि गरेका छन्। उनका अनुसार निवेदन दर्ता चलानी शाखामा दर्ता भए पनि त्यसउपर हालसम्म थप प्रक्रिया अघि बढाइएको छैन।

    नेपालको संविधानको धारा १०१ मा संवैधानिक निकायका पदाधिकारी तथा सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध महाभियोगसम्बन्धी व्यवस्था गरिएको छ। धारा १०१(१) अनुसार प्रतिनिधिसभाका कम्तीमा एक चौथाइ सदस्यले महाभियोगको प्रस्ताव पेस गर्न सक्ने व्यवस्था छ।

    त्यस्तै, धारा १०१(५) अनुसार कुनै पनि नागरिकले संवैधानिक पदाधिकारीविरुद्ध महाभियोगसम्बन्धी सूचना वा निवेदन दिन सक्ने कानुनी व्यवस्था रहेको छ। नागरिकबाट प्राप्त यस्तो निवेदनलाई कम्तीमा तीन जना सांसदले समर्थन वा प्रमाणित गरेपछि महाभियोग सिफारिस समितिले आवश्यक छानबिन प्रक्रिया अघि बढाउन सक्ने बाटो खुल्छ।

    महाभियोगको निवेदन परेका सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी प्रधानन्यायाधीशपछिको तेस्रो वरीयतामा छन्। यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको पदावधि आगामी माघमा समाप्त हुँदैछ।

    यद्यपि, नागरिकस्तरबाट परेको निवेदनलाई औपचारिक महाभियोग प्रस्तावका रूपमा प्रतिनिधिसभामा अघि बढाउन भने प्रतिनिधिसभाका कम्तीमा एक चौथाइ सांसदको हस्ताक्षर र समर्थन आवश्यक पर्ने संवैधानिक व्यवस्था छ।

    Post Views: 75
    प्रकाशित मिति: २०८३ भाद्र २५, बिहीबार १३:१०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.