• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २५, बिहीबार १५:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ।

    प्रतिनिधि सभाको बैठकमा रास्वपाका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले विपदबाट भएको क्षति व्यापक रहेकाले उपलब्ध जनशक्ति, उपकरण र स्रोतसाधनलाई पर्याप्त रूपमा परिचालन गरी खोज तथा उद्धारलाई तीव्रता दिनुपर्ने बताएका हुन्।

    उनले बाढीपछि बेपत्ता भएका, उद्धार गरिएका तथा मृत्यु भएकाहरूको प्रमाणित विवरण नियमित रूपमा प्रभावित वडासम्म पुर्‍याउने व्यवस्था गर्नुपर्नेमा जोड दिए। विपद्मा परेका व्यक्ति तथा पीडित परिवारले आफ्ना आफन्तको अवस्थाबारे प्रत्यक्ष र विश्वसनीय जानकारी प्राप्त गर्न सक्ने सूचना संयन्त्र विकास गर्नुपर्ने उनको भनाइ छ।

    बुर्लाकोटीले खोज तथा उद्धारका लागि आवश्यक संयन्त्रसँगै दक्ष जनशक्ति र उपकरणको पर्याप्त व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। विशेष गरी भेटिएका शवको पहिचानमा ढिलाइ हुन नदिन डिएनए परीक्षणलाई प्रभावकारी बनाउन थप जनशक्ति, उपकरण तथा आवश्यक स्रोत परिचालन गर्न उनले माग गरे।

    विपद्पछिको पुनर्निर्माणलाई तत्कालीन क्षति व्यवस्थापनमा मात्र सीमित नगरी भविष्यमा दोहोरिन सक्ने जोखिमलाई समेत ध्यान दिनुपर्ने उनले बताए। बाढी तथा पहिरोको उच्च जोखिम भएका क्षेत्रमा बस्ती, सार्वजनिक कार्यालय र अन्य भौतिक संरचना निर्माण गर्ने अभ्यासलाई पुनरावलोकन गर्नुपर्ने उनको सुझाव छ।

    जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित विपद्, जोखिम न्यूनीकरणका उपाय तथा सुरक्षित स्थानान्तरणलगायत विषयमा आवश्यक जनचेतना अभिवृद्धि गर्न पनि बुर्लाकोटीले सरकारसँग आग्रह गरेका छन्।

    रास्वपाले विपद् व्यवस्थापनमा तत्कालीन उद्धार तथा राहतसँगै प्रभावितको अवस्थाबारे विश्वसनीय सूचना प्रवाह, मृतकको पहिचान र दीर्घकालीन पुनर्निर्माणलाई जोखिम न्यूनीकरणको नीतिसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएको छ।

    Post Views: 87
    प्रकाशित मिति: २०८३ भाद्र २५, बिहीबार १५:४९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.