• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २५, बिहीबार १९:४४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले आफ्नो कार्यकालको पहिलो प्राथमिकता आम नागरिकलाई आवश्यक पर्ने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्नु रहेको बताएका छन् ।

    बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेका मन्त्रीले पत्रकारहरूसँग कुरा गर्दै जनताको आवश्यकतालाई आफूले उच्च प्राथमिकतामा राखेर काम गर्ने बताए ।

    शपथ ग्रहणपछि ग्यास अभावबारे सोधिएको प्रश्नमा उनले भने, “जनतालाई जति आवश्यक छ, त्यो दिनैपर्छ । यस विषयमा छलफल गरेर आवश्यक कदम चाल्नेछौँ ।”

    मन्त्रीले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सर्वप्रथम निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग विगतमा भएका कामकारबाही र बाँकी रहेका कार्ययोजनाबारे जानकारी लिने बताए । त्यसपछि प्राप्त विवरण र मन्त्रालयको अवस्थाका आधारमा आगामी कार्ययोजना अघि बढाउने उनको भनाइ छ ।

    मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्ने क्रममा नवनियुक्त मन्त्रीले शिष्टता र श्रद्धा प्रदर्शनसमेत गरेका थिए । उनले मन्त्रालयको ढोकामै आफ्ना जुत्ता खोलेर कार्यकक्षमा प्रवेश गरेका थिए । त्यसपछि कार्यकक्षमा राखिएको नेपालको राष्ट्रिय झण्डालाई निहुरिएर ढोग्दै पदभार ग्रहण गरेका हुन् ।

    निवर्तमान मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित साहलाई मन्त्रिपरिषद्मा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका रूपमा नियुक्त गरिएको हो ।

    Post Views: 72
    प्रकाशित मिति: २०८३ भाद्र २५, बिहीबार १९:४४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.