• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एसीसी प्रिमियर कपः उपाधिका लागि नेपाल र युएई भिड्दै

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २७, शनिबार ०६:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको उपाधिका लागि आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) आमनेसामने हुँदैछन्।

    मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने फाइनल खेल बिहान ७ः१५ बजे सुरु हुनेछ। दुवै टोली प्रतियोगिताको दोस्रोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रँदैछन्।

    प्रतियोगिताको पहिलो संस्करण सन् २०२३ मा नेपालले जितेको थियो। फाइनलमा युएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो। त्यसपछि सन् २०२४ मा युएईले आयोजक ओमानलाई हराउँदै उपाधि आफ्नो नाममा गरेको थियो।

    यसपटकको फाइनल अझ महत्वपूर्ण बनेको छ, किनकि प्रतियोगिताको विजेता टोलीले मात्र एसिया कपमा स्थान सुरक्षित गर्नेछ। त्यसैले नेपाल र युएई दुवैका लागि आजको खेल उपाधिसँगै एसिया कपको टिकट सुनिश्चित गर्ने निर्णायक अवसरसमेत हो।

    जारी प्रतियोगितामा नेपालले समूह चरण र सेमिफाइनलसहित पाँच खेल खेल्दा चार जित र एक हार बेहोरेको छ। युएई भने प्रतियोगिताभर अपराजित रहँदै फाइनलसम्म पुगेको हो।

    एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ खेल भएका छन्। तीमध्ये नेपालले ११ खेल जित्दा युएईले आठ खेलमा सफलता हात पारेको छ। पछिल्ला पाँच भेटमा नेपाल तीनपटक विजयी भएको छ।

    नेपालले युएईसँग पछिल्लोपटक गत मे महिनामा आईसीसी विश्वकप लिग–२ अन्तर्गत प्रतिस्पर्धा गरेको थियो। उक्त सिरिजका दुवै खेलमा नेपालले युएईलाई पराजित गरेको थियो।

    अब बायुमास ओभलमा हुने फाइनलमा नेपाल आफ्नो पछिल्लो लयलाई निरन्तरता दिँदै उपाधि जित्ने प्रयासमा हुनेछ भने युएई नेपालमाथि बदला लिँदै दोस्रोपटक च्याम्पियन बन्ने लक्ष्यमा मैदान उत्रनेछ।

    Post Views: 59
    प्रकाशित मिति: २०८३ भाद्र २७, शनिबार ०६:४३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.