• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २८, आईतवार ०७:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मुस्ताङ — नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो १५ दिनमा १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

    रसुवागढी–केरुङ र तातोपानी नाका अवरुद्ध भएपछि कोरलानाकाबाट चिनियाँ मालवस्तुको आयात बढेसँगै भन्सार राजस्वमा उल्लेख्य वृद्धि भएको हो। मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार शुक्रबार मात्रै २७ करोड ११ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ। उनका अनुसार भदौ २२ गतेदेखि दैनिक औसत ३० करोड रुपैयाँ हाराहारीमा राजस्व उठिरहेको छ।

    शुक्रबार मात्रै ७१ वटा कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास गरिएको छ। भदौ १० गतेदेखि २५ गतेसम्म कोरलानाकाबाट ४३४ वटा कन्टेनर र ६४१ वटा ईभी भन्सार जाँचपास भएर नेपाल भित्रिएका छन्।

    चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै कुल २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भइसकेको भन्सार कार्यालयले जनाएको छ।

    यसअघि उपल्लो मुस्ताङका स्थानीयवासीका लागि मात्र सीमित रहेको कोरलानाका नेपाल सरकारले २०८० असोजअघि नै क्रमशः व्यापारिक प्रयोजनतर्फ विस्तार गर्दै गत वर्ष भदौ ३१ गतेदेखि वैकल्पिक निकासी–पैठारी नाकाका रूपमा औपचारिक रूपमा खुला गरेको थियो।

    गत आर्थिक वर्ष २०८२/८३ मा मुस्ताङ भन्सार कार्यालयले ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। पछिल्लो समय अन्य प्रमुख उत्तरी नाका अवरुद्ध हुँदा कोरलानाकाबाट आयात बढेपछि चालु आर्थिक वर्षमा राजस्व सङ्कलन थप बढ्ने देखिएको छ।

    Post Views: 66
    प्रकाशित मिति: २०८३ भाद्र २८, आईतवार ०७:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
    अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.