• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

होर्मुजमा पानीजहाजमाथि प्रहार, विश्व बजारमा तेल आपूर्तिको चिन्ता

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २८, आईतवार ११:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    होर्मुज जलडमरू पार गरिरहेको एक पानीजहाजमाथि प्रक्षेप्यास्त्र प्रहार भएको रिपोर्ट सार्वजनिक भएपछि विश्वव्यापी तेल आपूर्तिमा थप जोखिम देखिएको छ। यसअघि साउदी अरबले आफ्नो महत्वपूर्ण ईस्ट–वेस्ट तेल पाइपलाइनसमेत अस्थायी रूपमा बन्द गरेको थियो।

    बेलायती नौसेनासँग आबद्ध समुद्री सुरक्षा निकाय यूकेएमटीओका अनुसार होर्मुज जलडमरू पार गर्ने क्रममा एक पानीजहाजमाथि प्रक्षेप्यास्त्र प्रहार भएको सूचना प्राप्त भएको हो। घटनाबाट पानीजहाजमा कति क्षति भयो र चालक दलका सदस्यहरूको अवस्था कस्तो छ भन्नेबारे तत्काल स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन।

    साउदी अरबले इराकबाट ड्रोन आक्रमण भएको बताएर सावधानीस्वरूप ईस्ट–वेस्ट पाइपलाइन बन्द गरेको भोलिपल्ट होर्मुजमा उक्त आक्रमणको रिपोर्ट सार्वजनिक भएको हो। बगदाद र रियाद दुवैले ड्रोन आक्रमण इराकबाट भएको बताएका छन्। इराकमा इरानसमर्थित सशस्त्र समूहहरू सक्रिय रहेका कारण घटनाले क्षेत्रीय तनाव थप बढाउने आशंका गरिएको छ।

    मध्यपूर्वमा द्वन्द्व विस्तार हुँदै गएसँगै तेल आपूर्तिमा थप अवरोध हुन सक्ने र ऊर्जा मूल्य अझ बढ्न सक्ने चिन्ता बढेको छ। पछिल्लो एक सातामा ब्रेन्ट कच्चा तेलको मूल्य पुनः प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ।

    करिब १ हजार २०० किलोमिटर लामो साउदी ईस्ट–वेस्ट पाइपलाइन पछिल्लो छ महिनादेखि मध्यपूर्वको तेल विश्व बजारमा पुर्‍याउने महत्वपूर्ण वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो। यस पाइपलाइनमार्फत दैनिक ४० लाखदेखि ५० लाख ब्यारेलसम्म तेल ढुवानी हुँदै आएको थियो, जुन विश्वव्यापी तेल आपूर्तिको करिब ४ देखि ५ प्रतिशत हो।

    पाइपलाइनमाथि भएको आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन। भू–उपग्रहबाट खिचिएका तस्बिरमा मदिनाको दक्षिणी क्षेत्रमा पाइपलाइन आसपासबाट कालो धुवाँ उठिरहेको देखिएको बताइएको छ। साउदी विदेश मन्त्रालयका अनुसार घटनामा केही व्यक्ति घाइते भएका छन् भने पाइपलाइनमा भएको क्षतिको मूल्यांकन भइरहेको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणका पछाडि इरानको हात हुन सक्ने बताएका छन्। यसैबीच, साउदी नागरिक सुरक्षा निकायका अनुसार शनिबार यमनका हुथी विद्रोहीले प्रहार गरेको प्रक्षेप्यास्त्रबाट जाजान क्षेत्रमा दुई जना घाइते भएका छन्। उक्त आक्रमणबाट मस्जिदसहित कैयौँ भवनमा क्षति पुगेको बताइएको छ।

    अमेरिका र इरानबीच बढ्दो तनाव तथा इरानसमर्थित हुथी विद्रोहीको गतिविधिका कारण लालसागरसहित मध्यपूर्वका प्रमुख समुद्री मार्गमा तेल तथा अन्य वस्तुको आपूर्ति थप प्रभावित हुन सक्ने चिन्ता बढेको छ।

    रायटर्सका अनुसार साउदी युवराज मोहम्मद बिन सलमानले बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग फोनवार्ता गर्दै हुथीविरुद्धको कारबाहीमा अमेरिकी सैन्य सहयोग मागेका थिए। तर अमेरिकाले तत्काल प्रत्यक्ष सैन्य हस्तक्षेप नगर्ने र गुप्तचर सूचनामार्फत सहयोग गर्ने जनाएको थियो।

    ट्रम्पले शनिबार आफूले साउदी युवराजसँग कुराकानी गरेको पुष्टि गर्दै हुथीहरूले समेत अमेरिकालाई द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न नहुन आग्रह गरेको बताएका छन्।

    Post Views: 48
    प्रकाशित मिति: २०८३ भाद्र २८, आईतवार ११:१२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता, खोजी जारी
    ब्रिक्सको दिल्ली घोषणापत्रका मुख्य बुँदाहरू सार्वजनिक
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

    • ५. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.