• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

बाढी–पहिरोका कारण मुख्य राजमार्गमा अवरुद्ध : यस्तो छ सडकको ताजा अवस्था

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २९, सोमबार ०८:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । बागमती र गण्डकी प्रदेशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड बाढी, पहिरो र सडक मर्मतका कारण प्रभावित भएका छन्। सोमबार बिहान ६ बजेसम्म प्राप्त विवरणअनुसार केही स्थानमा यातायात पूर्ण रूपमा बन्द छ भने केही सडकखण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

    काभ्रेको बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म समय तालिका मिलाएर सवारी सञ्चालन गरिएको छ। साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न दिइनेछ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर अन्य सवारी साधन सञ्चालन गरिने जनाइएको छ।

    रसुवा जिल्लाका प्रमुख राजमार्गहरू भने बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्डअन्तर्गत उत्तरगया गाउँपालिका–५, खाल्टेमा भदौ ८ गतेदेखि नै पूर्ण रूपमा यातायात बन्द छ। मुख्य राजमार्गका अन्य केही क्षेत्रमा पनि भदौ १० गतेदेखि अर्को सूचना नभएसम्म यातायात अवरुद्ध रहेको छ।

    नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–८, घट्टेखोलामा सम्भावित बाढी–पहिरोको जोखिमका कारण भदौ १ गतेदेखि रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकमा राति १० बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द रहनेछ। यस्तै, पासाङ ल्हामु सडकखण्डको विदुर नगरपालिका–१०, सिमटारमा भदौ १० गतेदेखि बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ।

    धादिङस्थित पृथ्वी राजमार्ग पनि पहिरोका कारण प्रभावित भएको छ। बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा भदौ १४ गतेदेखि सडक पूर्ण रूपमा अवरुद्ध छ। सोही राजमार्गको बेनिघाट रोराङ–१० अन्तर्गत ज्वाडखोला र शीतलबजार क्षेत्रमा भने पहिरो हटाएर एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको छ।

    यसैगरी, चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा सडक मर्मतको काम भइरहेकाले सवारीको चाप हेरेर एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।

    गण्डकी प्रदेशको मनाङस्थित चामे–बेंसीसहर सडकखण्डअन्तर्गत नासो गाउँपालिका–३, धारापानीमा भदौ २५ गतेदेखि सडक निर्माणको काम जारी छ। निर्माण कार्यका कारण हाल उक्त सडकखण्डमा साना सवारी साधनलाई मात्र सञ्चालन गर्न दिइएको छ।

    Post Views: 52
    प्रकाशित मिति: २०८३ भाद्र २९, सोमबार ०८:४५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.