• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

एसियाली खेलकुदः क्रिकेटमा नतिजा बदल्ने लक्ष्यमा नेपाल

  •  नेपाल चौतारी
  • २०८३ भाद्र २९, सोमबार १७:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । एसिसी प्रिमियर कपको उपाधि जितेको नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अब २०औँ एसियाली खेलकुदको तयारीमा जुटेको छ । जापानमा असोज ३ गतेदेखि सुरु हुने प्रतियोगिताको क्रिकेट विधामा नेपालले सहभागिता जनाउँदैछ ।

    एसियाली खेलकुदमा नेपालको क्रिकेट टोलीले यसपटक चौथोपटक सहभागिता जनाउन लागेको हो । यसअघि नेपालले सन् २०१०, २०१४ र २०२३ मा एसियाली खेलकुद खेलेको थियो । तीनवटै संस्करणमा नेपाली टोली क्वार्टरफाइनलसम्म पुगे पनि त्यसभन्दा अघि बढ्न सकेको थिएन ।

    यसपटक भने नेपाली टोली उच्च लयमा रहेकाले विगतको तुलनामा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य शक्ति गौचनले यसपटक नेपालसँग क्वार्टरफाइनलभन्दा माथि पुग्ने क्षमता रहेको बताए ।

    “विगतका संस्करणमा हामी क्वार्टरफाइनलसम्म पुगेका थियौँ । अहिलेको टोलीसँग त्योभन्दा राम्रो नतिजा निकाल्ने क्षमता छ,” गौचनले रासससँग भन्नुभयो, “एसियन गेम्समा क्रिकेटतर्फ नेपाल क्वार्टरफाइनलभन्दा माथि पुग्ने सम्भावना धेरै छ । केही दिनअघि एसिसी प्रिमियर कपको उपाधि जितेकाले टोलीको आत्मविश्वास पनि बढेको छ ।”

    समूह चरणमा राम्रो प्रदर्शन गर्न सके क्वार्टरफाइनलमा बलियो टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर प्राप्त हुने भएकाले नेपाली टोलीले उच्च मनोबलका साथ खेल्नुपर्ने उहाँको भनाइ छ ।

    “हामीले गोल्ड मेडलको लक्ष्य राखेर खेल्नुपर्छ । क्रिकेटमा त्यो सम्भावना पनि छ । टी–२० ढाँचामा जुनसुकै टोलीले पनि अर्को टोलीलाई हराउन सक्छ,” गौचनले भने।

    उहाँले एसियाली खेलकुद खेलाडीका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसरसमेत भएको बताउनुभयो । पछिल्ला वर्षमा नेपाली टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तर राम्रो प्रदर्शन गरिरहेकाले आसन्न प्रतियोगितामा पनि सकारात्मक नतिजा आउने उहाँको विश्वास छ ।

    गौचनले सन् २०१४ को एसियाली खेलकुदमा आफूले खेलेको अनुभवसमेत स्मरण गर्नुभयो । त्यस संस्करणमा नेपाल क्वार्टरफाइनलमा अफगानिस्तानसँग ८ रनले पराजित भएको थियो ।

    “त्योबेला र अहिले नेपाली क्रिकेटमा धेरै परिवर्तन भएको छ । टी–२० ढाँचाका लागि हामीसँग खेलाडीको विकल्प बढेको छ । टोलीको वरीयतादेखि अन्य पक्षमा पनि धेरै सुधार भएको छ,” उहाँले भने।

    तीन संस्करण, तीनपटक क्वार्टरफाइनलमै रोकियो नेपाल

    नेपालले पहिलोपटक सन् २०१० मा चीनको ग्वाङ्झाउमा भएको एसियाली खेलकुदमा क्रिकेट खेलेको थियो । समूह चरणमा हङकङसँग ३० रनले पराजित नेपालले माल्दिभ्सलाई ७५ रनले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । तर, क्वार्टरफाइनलमा श्रीलङ्कासँग दुई विकेटले पराजित भएपछि नेपालको यात्रा रोकिएको थियो ।

    सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियाली खेलकुदमा नेपालले कुवेतलाई ९ विकेट र माल्दिभ्सलाई ७ विकेटले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो । क्वार्टरफाइनलमा भने अफगानिस्तानसँग ८ रनले पराजित भयो ।

    त्यसपछि १३ वर्षको अन्तरालमा सन् २०२३ मा चीनको हाङ्झाउमा भएको एसियाली खेलकुदमा नेपालले पुनः क्रिकेटमा सहभागिता जनाएको थियो । समूह चरणमा नेपालले मङ्गोलियालाई २७३ रन र माल्दिभ्सलाई १३८ रनले पराजित गरेको थियो । तर, क्वार्टरफाइनलमा भारतसँग २३ रनले पराजित भएपछि नेपालको यात्रा फेरि त्यही चरणमा सीमित भयो ।

    यसरी तीन संस्करणसम्म नेपाल क्वार्टरफाइनलमै रोकिँदै आएको छ । यसपटक भने विगतको प्रदर्शनमा सुधार गर्दै सेमिफाइनल हुँदै पदकका लागि प्रतिस्पर्धा गर्ने लक्ष्य नेपाली टोलीसामु छ ।

    अफगानिस्तान र जापानसँग समूह चरणमा भिड्दै

    आसन्न एसियाली खेलकुदमा नेपालले समूह चरणमा असोज ९ गते अफगानिस्तान र असोज १० गते आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ ।

    समूह चरणमा शीर्ष दुईमध्ये स्थान बनाउन सके नेपालले क्वार्टरफाइनलमा भारत वा श्रीलङ्कामध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्ने सम्भावना छ । त्यसैले समूह चरणका खेलसँगै क्वार्टरफाइनलका लागि पनि नेपाली टोलीले विशेष तयारी गर्नुपर्ने देखिन्छ ।

    एसियाली खेलकुदका लागि नेपाल ओलम्पिक कमिटीले १५ सदस्यीय नेपाली टोली घोषणा गरिसकेको छ । टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् ।

    नेपालको टोली : दीपेन्द्रसिंह ऐरी (कप्तान), रोहितकुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, सन्दीप जोरा, कुशल मल्ल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, गुल्शनकुमार झा, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल ।

    Post Views: 70
    प्रकाशित मिति: २०८३ भाद्र २९, सोमबार १७:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

    • ५. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.