• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ३०, मंगलवार ०८:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ । नेपाली नारीहरूले आज अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा महिलाहरू बिहानै उठेर नित्यकर्म पूरा गरी तीज व्रतको पारायणपछि नदी, खोला, ताल, तलैया तथा पोखरीमा गई स्नान गर्ने परम्परा छ।

    ऋषि पञ्चमीका दिन ३६५ वटा दत्तिवनले दाँत माझ्ने तथा गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने चलन छ। यस वर्ष चौथी तिथि टुटेकाले तीज व्रतको भोलिपल्टै ऋषि पञ्चमी परेको छ। त्यसैले तीज व्रतको पारायण गरेपछि पञ्चमी स्नानलगायतका कर्म गर्नुपर्ने धर्मशास्त्रीहरूको मत छ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार हरितालिका तीजको व्रत तथा पूजा महिला र पुरुष दुवैले गर्न सक्ने शास्त्रीय व्यवस्था भए पनि ऋषि पञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने उल्लेख धार्मिक ग्रन्थमा छ।

    धार्मिक मान्यताअनुसार रजस्वलाका समयमा छुइछुईलगायत कुनै त्रुटि भएको भए ऋषि पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्दा त्यसबाट मुक्ति पाइने विश्वास छ। रजस्वलाको पहिलो दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरेपछि शुद्ध हुने धार्मिक मान्यता छ।

    दत्तिवन, गाईको गोबर, माटो तथा खरानी प्रयोग गरी स्नान गरेपछि पञ्चगव्य सेवन गर्ने र त्यसबाट छुवाछुतको दोष निवारण हुने शास्त्रीय विश्वास रहेको भट्टराईले बताए।

    स्नानपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र गरी सप्तऋषिको पूजा गर्ने परम्परा छ। सप्तऋषिको पूजा गरिने पञ्चमी भएकाले यस पर्वलाई ऋषि पञ्चमी भनिएको हो।

    यस्तो छ ऋषि पञ्चमीको धार्मिक पृष्ठभूमि

    महिलाको रजस्वलासँग जोडिएको ऋषि पञ्चमीका विषयमा विभिन्न धार्मिक किम्बदन्ती प्रचलित छन्। प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारेर हत्या गरेपछि ब्रह्महत्याको पाप भोग्नुपरेको धार्मिक ग्रन्थमा उल्लेख छ।

    त्यसबाट पीडित इन्द्रले ब्रह्मासमक्ष आफ्नो दुःख सुनाएपछि ब्रह्महत्याको दोष निवारणका लागि ब्रह्माले एक वर्षको दोष इन्द्रले भोग्ने र बाँकी दोष पृथ्वी, वृक्ष, जल तथा स्त्रीमा चार भाग लगाएर बाँडिदिएको धार्मिक विश्वास छ।

    आध्यात्मिक पुस्तक लेखनमा सक्रिय पण्डित मधुसुदन सुवेदीका अनुसार यही धार्मिक मान्यताका कारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा देखिने बुदबुद वा फिँज र स्त्रीमा रज देखिन थालेको विश्वास विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।

    रजस्वलाका समयमा छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने कीटाणुले रोग निम्त्याउन सक्ने र जानीनजानी छोइछाई भएमा त्यसको दोषबाट मुक्त हुन सप्तऋषिको पूजा गर्ने परम्परा विकास भएको धार्मिक विश्वास छ। यद्यपि, यस विषयलाई आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिले समेत अध्ययन गरी तथ्यपरक रूपमा सार्वजनिक गर्नुपर्ने सुवेदीको भनाइ छ।

    ऋषि पञ्चमीका दिन स्नान तथा पूजा आराधना गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल, कर्कलालगायतका परिकार खाने र एक छाक हविष्य बस्ने व्रतविधि रहेको छ।

    यस अवसरमा काठमाडौँको टेकु, मूलपानीलगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजा आराधनाका लागि श्रद्धालु महिलाको भीड लाग्ने गर्छ। मन्दिर जान नसक्ने महिलाहरूले भने नदी किनार वा घरमै सप्तऋषिको पूजा तथा आराधना गर्ने परम्परा रहेको छ।

    Post Views: 58
    प्रकाशित मिति: २०८३ भाद्र ३०, मंगलवार ०८:००
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.