• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

कोशीले जग्गा बगाएपछि भाडाको खेतमा तरकारीखेती गर्दै राकेश

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ३०, मंगलवार ०८:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनसरी । तीन वर्ष मलेसियामा श्रम गरेर स्वदेश फर्किएका बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टप्पुका राकेशकुमार महतो अहिले व्यावसायिक तरकारीखेतीमा रमाइरहेका छन् । विदेशमा पसिना बगाउँदा अपेक्षित आम्दानी गर्न नसकेका महतोले स्वदेश फर्किएपछि कृषि पेसाबाट आम्दानीसँगै सन्तुष्टि पनि पाउन थालेका छन् ।

    महतोले यसअघि आफ्नै चार बिघा जग्गामा धान, मकै र विभिन्न तरकारीखेती गर्दै आएका थिए । तर, सप्तकोशी नदीको निरन्तर कटानका कारण खेतीयोग्य जमिन बग्दै गएपछि अहिले उनी अरूको जग्गा भाडामा लिएर कृषि कर्म गरिरहेका छन् ।

    हाल उनले करिब १० कट्ठा जग्गा भाडामा लिएर गोलभेँडा, बोडी, साग, भिन्डीलगायत मौसमी तरकारी लगाएका छन् । त्यसमध्ये आठ कट्ठामा मल्चिङ प्रविधिबाट गोलभेँडाखेती गरेका छन् भने बाँकी क्षेत्रमा अन्य मौसमी तरकारी लगाएका छन् ।

    “पहिला करिब चार बिघा जग्गा थियो । सबै सप्तकोशी नदीले कटान गरेर लग्यो । अहिले आफ्नो जग्गा छैन, अरूको जग्गा भाडामा लिएर तरकारीखेती गरेको छु,” महतोले भने, “अहिले खेतीमा आफैँ काम गर्छु, श्रीमतीले पनि सहयोग गर्नुहुन्छ । मुख्य सिजनमा आवश्यक परे मजदुर लगाउँछु ।”

    उनका अनुसार बीउ, मल, औषधि र मजदुरीमा वर्षमा करिब रु दुई लाख खर्च हुन्छ । खर्च कटाएर वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उनले बताए । “यही आम्दानीले घरपरिवार धानेको छु,” उनले भने ।

    कृषिबाट भएको आम्दानीले घरखर्चसँगै तीन छोराछोरीको पढाइ तथा दैनिक आवश्यकतासमेत पूरा हुँदै आएको महतोले बताए । उत्पादित तरकारी बिक्री गर्न भने उनलाई बजारको समस्या छैन । धनकुटा, धरान, उदयपुर, इनरुवालगायत स्थानका व्यापारी खेतमै पुगेर गोलभेँडा तथा अन्य तरकारी खरिद गरी लैजाने गरेका छन् ।

    गोलभेँडाबाट तुलनात्मक रूपमा राम्रो आम्दानी हुने भएपछि महतोले अन्य तरकारीभन्दा यसलाई प्राथमिकता दिएका छन् । सिजनअनुसार मूल्यमा उतारचढाव हुने भए पनि राम्रो मूल्य पाएका बेला गोलभेँडाबाट आकर्षक आम्दानी हुने उनको अनुभव छ ।

    उनका अनुसार अहिले खेतबाटै गोलभेँडा प्रतिकिलो रु ४० सम्ममा बिक्री हुने गरेको छ । कात्तिक–मङ्सिरमा राम्रो मूल्य पाउँदा प्रतिकिलो रु ८० देखि ८५ सम्म बिक्री हुने गरेको उनले बताए ।

    “पहिला बारी धेरै हुँदा तरकारीखेतीसँगै गाईभैँसी पनि पाल्थेँ । कोशी कटानले खेतीयोग्य जमिन बगाएपछि पशुपालनका लागि चरनस्थलसमेत रहेन,” महतोले भने, “अहिले गाईभैँसी पाल्न छाडेको छु । तरकारीसँगै धान र मकैखेती गरेर जीविकोपार्जन गरिरहेको छु ।”

    तर, कृषि कर्ममा लागेर आम्दानी गर्न थाले पनि सप्तकोशीको कटानले उनलाई सधैँ त्रसित बनाइरहेको छ । नदीले हरेक वर्ष जमिन कटान गर्दै गएपछि अहिले बसिरहेको सानो घर र टिनले बारेर बनाइएको कटेरोसमेत कुनै दिन बगाउने हो कि भन्ने चिन्ता उनलाई छ ।

    “आफ्नै जग्गा भएको भए तरकारीखेतीबाट अझ राम्रो आम्दानी गर्न सकिन्थ्यो । अहिले खेती गर्न पनि आफ्नो जमिन छैन,” उनले दुःखेसो पोखे ।

    बर्खा सुरु भएसँगै श्रीलङ्का टप्पुका बासिन्दामा बाढी र कटानको त्रास बढ्ने गरेको छ । खेतीयोग्य जमिन वर्षेनी साँघुरिँदै जानु, नदी बस्ती नजिकिँदै आउनु र जोखिम बढेपछि बस्ती नै छाडेर हिँड्नुपर्ने अवस्था दोहोरिनु यहाँका बासिन्दाका लागि बर्खायामको नियमित चिन्ताजस्तै बनेको छ ।

    कृषि र पशुपालनबाट परिवारको गुजारा चलाउँदै आएका स्थानीयलाई हरेक वर्ष बाढी र कटानले आफ्नो मिहिनेत बगाइदिने हो कि भन्ने डर हुने गरेको छ । करिब तीन हजार जनसङ्ख्या रहेको श्रीलङ्का टप्पुका अधिकांश परिवारको जीविकोपार्जन कृषि तथा पशुपालनमा निर्भर छ । धान, मकै, गोलभेँडा तथा अन्य तरकारीखेती, पशुपालन र दुग्ध उत्पादन यहाँको ग्रामीण अर्थतन्त्रका प्रमुख आधार हुन् ।

    Post Views: 49
    प्रकाशित मिति: २०८३ भाद्र ३०, मंगलवार ०८:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.