• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ३०, मंगलवार ०८:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नारायणगढ (चितवन) । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण थालिएको नयाँ ट्र्याकको काम अन्तिम चरणमा पुगेको छ ।

    पहिरोका कारण सडक अवरुद्ध भएपछि तत्काल नयाँ ट्र्याक निर्माण सुरु गरिएको थियो । आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न भएपछि परीक्षणका रूपमा केही सवारीसाधन सञ्चालन गराइएको थियो । परीक्षण सफल भएपछि ट्र्याकलाई नियमित यातायात सञ्चालनका लागि तयार पार्ने काम तीव्र पारिएको छ ।

    नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालले निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार सोमबार ११औँ दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ ।

    “सम्भवतः असोज १ गतेदेखि पूर्णरूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेका छौँ,” उनले भने ।

    निर्माणको पहिलो चरणमा नौदेखि १० दिनसम्म ११–१२ वटा उपकरण परिचालन गरिएको थियो । अहिले काम अन्तिम चरणमा पुगेकाले करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर परिचालन गरिएको छ । आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित पाँच–छ वटा हेभी इक्युपमेन्ट प्रयोग भइरहेका छन् ।

    हाल नयाँ ट्र्याकमा नदीबाट निकालिएको गेग्रान प्रयोग गरी ग्राभेलिङ गर्ने काम भइरहेको छ । सडकको किनारमा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई बेरेर माथिबाट टिक ड्रेन बनाउने काम पनि भइरहेको इञ्जिनियर नेपालले बताए । सब–बेसको अन्तिम तह निर्माण सम्पन्न भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुने उनको भनाइ छ ।

    करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक निर्माण गरिएको छ भने नालीसहित यसको चौडाइ करिब साढे सात मिटर रहेको छ ।

    “यो खण्ड केही जोखिमयुक्त छ । थप पहिरो नआएमा तोकिएको समयमै यातायात सञ्चालन गर्न सकिन्छ,” नेपालले भने ।

    नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रले आइतबार नयाँ ट्र्याकको ग्रेडिङ सम्पन्न भएपछि फिनिसिङको काम भइरहेको बताए । उनका अनुसार आइतबार परीक्षणका लागि मात्रै केही सवारीसाधनलाई नयाँ ट्र्याकबाट पास गराइएको थियो ।

    “सर्वसाधारण नयाँ ट्र्याक खुला गरिएको भ्रममा नपर्नुहोला । परीक्षणका लागि मात्र हिजो केही सवारीसाधन पास गराइएको हो,” उनले भने ।

    उनका अनुसार थप समस्या नआए असोज १ गतेसम्म निर्माणका सबै काम सम्पन्न गरी नयाँ ट्र्याकबाट नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना छ ।

    Post Views: 56
    प्रकाशित मिति: २०८३ भाद्र ३०, मंगलवार ०८:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.