• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ३०, मंगलवार ०९:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले आफ्नो अपराजित यात्रा कायम राख्दै शीर्ष तीनमा स्थान बनाएको छ । सोमबार राति भएको खेलमा न्युक्यासल युनाइटेडलाई ४–१ गोलले पराजित गर्दै लिड्सले सिजनमा आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको हो ।

    इल्यान्ड रोडमा भएको खेलमा लिड्सको जितमा जेडन बोग्ले, डोमिनिक काल्भर्ट–लेविन र नोह ओकाफोरले एक–एक गोल गरे । लिड्सले एक गोल भने उपहारस्वरूप पाएको थियो । न्युक्यासलका लागि बाजोउमाना टोरेले एक गोल फर्काए ।

    खेलको ३२औँ मिनेटमा न्युक्यासलका लेविस मिलेले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि लिड्सले अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि बोग्लेले गोल गर्दै लिड्सको अग्रता २–० मा पुर्‍याए ।

    पहिलो हाफको इन्जुरी समयमा काल्भर्ट–लेविनले गोल गरेपछि लिड्सले ३–० को अग्रता बनाउँदै पहिलो हाफ समाप्त गर्‍यो ।

    दोस्रो हाफमा पनि लिड्सले आक्रामक खेललाई निरन्तरता दियो । खेलको ५९औँ मिनेटमा ओकाफोरले गोल गर्दै घरेलु टोलीलाई ४–० को सहज अवस्थामा पुर्‍याए । खेलको ९०औँ मिनेटमा टोरेले न्युक्यासलका लागि एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

    जितसँगै लिड्सले चार खेलबाट आठ अंक जोडेको छ र अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान चार खेलबाट पाँच अंक जोडेको न्युक्यासल १२औँ स्थानमा छ ।

    Post Views: 56
    प्रकाशित मिति: २०८३ भाद्र ३०, मंगलवार ०९:४०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

    • ५. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.