• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ३१, बुधबार ०८:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लमजुङ । मनाङमा रहेका हिमतालमा देखिएको जोखिमसँगै मर्स्याङ्दी नदीको तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चासो बढेको छ । हिमताल विस्फोट भई ठूलो बाढी आएमा त्यसको प्रभाव मर्स्याङ्दी नदी हुँदै तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्ने भएकाले जोखिमको पुनःअध्ययन, नियमित अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यको तयारी आवश्यक देखिएको हो ।

    मनाङको नासो गाउँपालिका–२ मा रहेको डोना (थुलागी) हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त हिमतालका रूपमा पहिचान गरिएको छ । विभिन्न अध्ययनअनुसार तालको क्षेत्रफल करिब ०.९ वर्गकिलोमिटर छ । सन् २०१७ मा गरिएको सर्वेक्षणले तालको अधिकतम गहिराइ ७६ मिटर रहेको देखाएको थियो ।

    तर ती अध्ययन केही वर्ष पुराना भएकाले अहिले तालको क्षेत्रफल, पानीको मात्रा, हिमनदीको अवस्था र ताल आसपासको भौगोलिक संरचनामा आएको परिवर्तनबारे पुनः अध्ययन गर्नुपर्ने आवश्यकता देखिएको छ । विगतमा पहिचान गरिएको जोखिमको अवस्था अहिले कस्तो छ भन्ने यकिन गर्न थप स्थलगत अध्ययन आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।

    नासो गाउँपालिका–२ का वडाध्यक्ष रवि गुरुङले डोना हिमताल जोखिमयुक्त भए पनि तत्कालै विस्फोट हुने अवस्था नरहेको बताए । उनका अनुसार तालको आकार विगतको तुलनामा परिवर्तन हुँदै विस्तार भइरहेको छ ।

    “ताल जोखिममा छ, अहिलेसम्म केही भएको छैन । आकार पहिलाको भन्दा फरक हुँदै ठूलो भइरहेको छ,” उनले भने ।

    तालको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले पहल गरिरहेको भए पनि त्यसका लागि ठूलो बजेट आवश्यक पर्ने उनले बताए । प्रदेश र सङ्घीय सरकारसँग सहयोग मागिएको तथा स्थानीयलाई जोखिमबारे जानकारी गराउँदै सचेत गराउने काम भइरहेको उनको भनाइ छ ।

    मनास्लु हिमालको फेदीमा रहेको डोना ताल प्राकृतिक सौन्दर्यका कारण पर्यटकीय गन्तव्यसमेत बनेको छ । गुरुङका अनुसार आन्तरिक तथा विदेशी गरी वार्षिक करिब २०० पर्यटक ताल क्षेत्रमा पुग्ने गरेका छन् ।

    मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले पनि डोना हिमतालको जोखिम न्यूनीकरणका लागि थप अध्ययन र पहल आवश्यक रहेको बताए । उनका अनुसार तालमा बालुवा तथा माटो थुप्रिँदै जानु चिन्ताको विषय हो ।

    “ताल तत्काल फुट्छ भन्न सकिँदैन, तर तत्काल फुट्दैन भन्न सकिने अवस्था पनि छैन । जुनसुकै बेला जोखिम हुनसक्छ,” उनले भने ।

    जिल्लामा सामान्य विपद् प्रतिकार्यको तयारी भए पनि ठूलो आयामको हिमताल विस्फोटजन्य बाढी आए त्यसलाई सामना गर्ने क्षमता सीमित रहेको खनालले बताए । जोखिम न्यूनीकरणका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग अनुरोध गरिएको र जिल्लास्तरीय बैठकबाट समेत आवश्यक पहल गर्ने निर्णय भएको उनले जानकारी दिए ।

    उनका अनुसार ताल फुटेमा मनाङका विभिन्न बस्ती हुँदै मर्स्याङ्दी नदीको बहाव क्षेत्रका तल्लो जिल्लासम्म प्रभाव पर्न सक्छ । बाढीले बस्ती, सडक, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याउन सक्ने भएकाले समयमै पूर्वसूचना प्रवाह गरी मानवीय क्षति रोक्नुपर्ने उनले बताए ।

    यसैबीच, लालुपाते हाइड्रोपावरले डोना ताल आसपासमा जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाइरहेको छ । तालको पानी उपयोग गर्ने विषयमा समेत अध्ययन भइरहेको प्रजिअ खनालले बताए । तालको जोखिम र त्यससँग जोडिएका संरचनालाई ध्यानमा राखेर आवश्यक अध्ययन तथा सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

    हिमतालका जानकार सुदन विकास महर्जनले डोना हिमतालको अवस्था अहिले बढेको वा घटेको भन्ने कुरा स्थलगत अध्ययनबिना यकिन गर्न नसकिने बताए । उनका अनुसार हिमतालको जोखिम विगतदेखि नै रहेकाले यस्ता तालको नियमित अनुगमन आवश्यक हुन्छ ।

    जोखिमयुक्त हिमतालको कम्तीमा दुई–तीन वर्षको अन्तरालमा अनुगमन गर्नुपर्ने महर्जनले बताए । सरकारले स्थलगत निरीक्षण गरी जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्नुपर्ने उनको सुझाव छ ।

    मर्स्याङ्दी नदी मनाङबाट लमजुङ हुँदै गोरखा र तनहुँ पार गरेर त्रिशूली नदीमा मिसिन्छ । त्यसैले डोना हिमतालबाट उत्पन्न हुन सक्ने ठूलो बाढीको जोखिमलाई मनाङमा मात्र सीमित नराखी मर्स्याङ्दी नदीको तल्लो तटीय क्षेत्रसम्म जोडेर हेर्नुपर्ने देखिन्छ ।

    लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले डोना हिमतालका कारण मर्स्याङ्दी नदीमा ठूलो बाढी आए जिल्लाको तल्लो तटीय क्षेत्र प्रभावित हुन सक्ने बताए । उनका अनुसार सुन्दरबजार आसपासका तल्लो भूभाग, बेँसीसहरका केही तल्लो क्षेत्र तथा मर्स्याङ्दी करिडोरमा रहेका जलविद्युत् आयोजनासमेत जोखिममा पर्न सक्छन् ।

    “मनाङ र लमजुङ बढी जोखिममा पर्न सक्ने क्षेत्र हुन् । ताल फुट्छ वा फुट्दैन भनेर अहिले नै निश्चित भन्न सकिने अवस्था छैन,” उनले भने ।

    ठूलो आयामको विपद् आएमा उपलब्ध स्रोतसाधनले त्यसलाई सामना गर्न कठिन हुनसक्ने उनको भनाइ छ । त्यसैले पूर्वसूचना प्रवाह र मानवीय जीवनको सुरक्षालाई प्राथमिकतामा राखेर विपद् तयारी गर्नुपर्ने उनले बताए ।

    हिमताल विस्फोटबाट हुने बाढीलाई पूर्ण रूपमा रोक्न नसकिए पनि नियमित अनुगमन, जोखिमको पुनःमूल्याङ्कन, पूर्वसूचना प्रणाली, सम्भावित बाढीको बहाव क्षेत्र पहिचान तथा स्थानीय तह र सुरक्षा निकायबीचको समन्वयबाट क्षति न्यूनीकरण गर्न सकिन्छ ।

    मर्स्याङ्दी नदी आसपास बस्तीका साथै सडक, पुल, जलविद्युत् आयोजना र अन्य महत्वपूर्ण पूर्वाधार रहेकाले डोना हिमतालको जोखिमलाई माथिल्लो हिमाली क्षेत्रको विषयमा मात्र सीमित नगरी तल्लो तटीय क्षेत्रको विपद् व्यवस्थापन योजनासँग समेत जोडेर हेर्नुपर्ने आवश्यकता देखिएको छ ।

    Post Views: 42
    प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार ०८:२८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.