• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ३१, बुधबार ०८:४७ प्रकाशित
    KLANG, MALAYSIA - SEPTEMBER 12: Pictures from the final match between Nepal and UAE held at the Bayuemas Oval on September 12, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
    • अ-
    • अ
    • अ+

    काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी चक्रमा नेपालको कमजोर प्रदर्शनपछि नेपाल क्रिकेट संघ (क्यान)ले गरेको कप्तान परिवर्तनको निर्णय पछिल्ला खेलको नतिजाले सही दिशामा गएको देखाउन थालेको छ। क्यानले गत साउनमा रोहितकुमार पौडेललाई कप्तानीबाट हटाउँदै सन्दीप लामिछानेलाई एकदिवसीय टोलीको नेतृत्व सुम्पिएको थियो।

    अन्तर्राष्ट्रिय क्रिकेटमा निरन्तरको प्रदर्शन र विभिन्न चर्चित विदेशी व्यावसायिक लिगको अनुभवका कारण सन्दीपलाई पुनः कप्तानीको जिम्मेवारी दिइएको थियो। क्यानले कप्तान परिवर्तनसँगै एकदिवसीय टोलीमा केही खेलाडीसमेत हेरफेर गरेको थियो।

    कप्तानी सम्हालेपछि सन्दीपसामु पहिलो ठूलो चुनौती एसिसी एसिया कपमा छनोट हुने थियो। नयाँ र पुराना खेलाडी सम्मिलित टोलीको व्यवस्थापन गर्नुपर्ने चुनौतीबीच उनले कप्तान र खेलाडीका रूपमा प्रभावशाली प्रदर्शन गरे।

    सन्दीपको नेतृत्वमा नेपालले एसिसी प्रिमियर कप २०२६ मा ६ खेल खेल्दा पाँचमा जित र एकमा हार बेहो¥यो। समूह विजेताका रूपमा सेमिफाइनल पुगेको नेपालले त्यहाँ पनि उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनायो।

    फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई ४४ रनले पराजित गर्दै उपाधि जित्नुका साथै दोस्रोपटक एसिया कपमा स्थान सुरक्षित गर्‍यो। नेपालको सफलतामा कप्तान लामिछानेको बलिङ प्रदर्शन महत्वपूर्ण रह्यो। उनले प्रतियोगिताका ६ खेलमा २.९८ को इकोनोमी रेटमा सर्वाधिक १७ विकेट लिए।

    उत्कृष्ट प्रदर्शन गरेका सन्दीप प्रतियोगिताकै ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए। एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कपमा उनी लगातार दोस्रोपटक यो अवार्ड जित्न सफल भएका हुन्। यसअघि उनले सन् २०२३ को संस्करणमा पनि ‘सर्वोत्कृष्ट खेलाडी’को अवार्ड पाएका थिए।

    राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी दीपेन्द्र चौधरीले सन्दीपले व्यक्तिगत प्रदर्शनसँगै कप्तानको जिम्मेवारी पनि प्रभावकारी रूपमा निर्वाह गरेको बताए।

    ‘एसिसी प्रिमियर कपमा नेपालको नतिजाले कप्तानका रूपमा सन्दीप सफल देखिएको प्रमाण दिएको छ। उनले जुन प्रकारले टोलीको नेतृत्व गरिरहेका छन्, त्यसले अन्य खेलाडीलाई पनि मद्दत पुगेको छ,’ चौधरीले भने, ‘प्रतियोगितामा उनले बलरको सही सदुपयोग गरे। धेरै नयाँ खेलाडी भए पनि उनको कप्तानी उत्कृष्ट रह्यो।’

    क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजकसमेत रहेका चौधरीले उपाधि जित्न अन्य खेलाडीको प्रदर्शन पनि उत्तिकै महत्वपूर्ण रहेको बताए। टोली एकढिक्का भएर खेल्दा र दबाबका अवस्थामा खेलाडीले धैर्य कायम राख्दा सकारात्मक नतिजा आएको उनको भनाइ छ।

    ‘सन्दीपको उत्कृष्ट कप्तानी रह्यो नै, तर टोलीको सफलतामा अन्य खेलाडीको प्रदर्शनलाई पनि नजरअन्दाज गर्न मिल्दैन। बसिर अहमद, करण केसी, गुलशन झा, आसिफ शेख, अर्जुन कुमाललगायत खेलाडीको प्रदर्शन पनि उपाधि जित्न महत्वपूर्ण रह्यो,’ उनले भने।

    अब सन्दीपसामु आइसिसी विश्वकप लिग–२ को अन्तिम शृङ्खलामा राम्रो नतिजा निकाल्ने चुनौती छ। नेपाली टोली एकदिवसीय मान्यता जोगाउन तालिकाको शीर्ष ६ भित्र पर्नुपर्ने दबाबमा छ।

    चौधरीका अनुसार नेपालले लिग–२ को अन्तिम शृङ्खलामा ओमान र क्यानडासँग खेल्नेछ। एसिसी प्रिमियर कपको सफलताले नेपाली टोलीको आत्मविश्वास बढेकाले त्यसको फाइदा लिग–२ मा उठाउन सकिने उनको भनाइ छ।

    हाल नेपाल लिग–२ को तालिकामा सातौँ स्थानमा छ। ३२ खेल खेलेको नेपालले ११ खेलमा जित, १९ मा हार तथा दुई खेलमा अंक बाँडेको छ। एकदिवसीय मान्यता कायम राख्न शीर्ष ६ मा पुग्नुपर्ने भएकाले नेपालले बाँकी खेलमा महत्वपूर्ण जित निकाल्नुपर्ने अवस्था छ।

    नेपालले लिग–२ को अन्तिम शृङ्खला आगामी अक्टोबरमा खेल्ने तालिका छ।

    Post Views: 51
    प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार ०८:४७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

    • ५. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.