• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ३१, बुधबार ०८:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कास्की । माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्रै दैनिक करिब तीन हजार लिटर दूध पोखरा बजारमा आपूर्ति हुने गरेको छ । पछिल्लो समय वडामा तीनवटा दूध सङ्कलन केन्द्र सञ्चालनमा आएपछि व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढेको हो ।

    पछिल्लो पाँच वर्षमा घाचोकमा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ । गाउँका अधिकांश घरधुरीले गाईपालन सुरु गरी दूध बिक्री गर्न थालेका छन् ।

    सरकारले दूध उत्पादनका आधारमा किसानलाई प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिन थालेपछि व्यावसायिक दूध उत्पादनमा वृद्धि भएको स्थानीय किसान गोपाल पोखरेलले बताए । उनका अनुसार उत्पादनमा आधारित अनुदानले किसानलाई राहत पुगे पनि चोक्कर, पराललगायत पशु आहाराको मूल्य बढेकाले दूधको मूल्य अझै उत्पादन लागतअनुसार पर्याप्त नभएको अवस्था छ ।

    ‘सरकारले दूध उत्पादनका आधारमा अनुदान रकम दिएपछि किसानलाई राहत भएको छ । गाउँमा पशुपालनको लहर नै चलेको छ’, पोखरेलले भने, ‘तर पशु आहाराको मूल्य बढेकाले दूधको मूल्य पनि समयअनुसार वृद्धि गर्न आवश्यक छ ।’

    भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीले जिल्लामा दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममार्फत दूध उत्पादन गर्ने किसानलाई उत्पादनका आधारमा सिधै नगद अनुदान उपलब्ध गराइन्छ ।

    कार्यालयका प्रमुख डा. गृष्म न्यौपानेका अनुसार गत आर्थिक वर्षमा उक्त कार्यक्रमअन्तर्गत किसानलाई दुई करोड २० लाख रुपैयाँ प्रोत्साहन अनुदान वितरण गरिएको थियो । सो वर्ष ४४ लाख लिटर दूधका लागि अनुदान प्रदान गरिएको उनले जानकारी दिए ।

    दूध उत्पादन, सङ्कलन तथा औपचारिक बजारीकरणमा आबद्ध सहकारी संस्था तथा सङ्कलन केन्द्रमार्फत किसानले सरकारको अनुदान प्राप्त गर्दै आएका छन् ।

    ‘दूधमा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अत्यन्त प्रभावकारी छ । यसबाट किसान दूध उत्पादन र औपचारिक बजारीकरणमा आबद्ध हुन प्रोत्साहित हुनुभएको छ’, न्यौपानेले भने ।

    कार्यालयका अनुसार गत वर्ष २७ वटा दूध सङ्कलन संस्था तथा केन्द्रमार्फत वार्षिक ६९ लाख २३ हजार ७०० लिटर दूध सङ्कलन भएको थियो । सो प्रणालीमा आठ हजार ५० जना किसान आबद्ध रहेको कार्यालयले जनाएको छ ।

    दूध उत्पादन बढाउन प्रतिलिटरका आधारमा प्रोत्साहन दिने कार्यक्रमले किसानलाई औपचारिक बजारसँग जोड्नसमेत सहयोग पुगेको कार्यालयको भनाइ छ । उत्पादनमा आधारित अनुदानसँगै पाडी तथा बाछी हुर्काउने प्रोत्साहन कार्यक्रम पनि सञ्चालन गरिएको छ ।

    कार्यक्रमअन्तर्गत कोरली पाडी र कोरली बाछी हुर्काउन किसानलाई प्रतिगोटा १० हजार रुपैयाँ अनुदान दिने गरिएको छ । गत वर्ष यस कार्यक्रमबाट ९९ कोरली पाडी र ३५५ बाछी हुर्किएर माउ बन्न योग्य भएका थिए । यसबाट जिल्लामा दूधालु पशुको सङ्ख्या ४५४ ले वृद्धि भएको र चालु वर्ष करिब १२ लाख लिटर थप दूध उत्पादन हुने अनुमान कार्यालयको छ ।

    भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार कास्कीमा कुल एक लाख २० हजार ५७२ घरपरिवार रहेका छन् । तीमध्ये ५२ हजार ३२३ परिवार पशुपालनमा आबद्ध छन् ।

    Post Views: 51
    प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार ०८:५८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.