• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

गोरखामा हुलाकमार्फत घरमै राहदानी

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ३१, बुधबार ०९:१४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गोरखा। गोरखामा जिल्ला हुलाक कार्यालयमार्फत घरमै राहदानी (पासपोर्ट) प्राप्त गर्ने सेवाग्राहीको सङ्ख्या ५५० पुगेको छ। गत वैशाख १५ गतेदेखि सञ्चालनमा आएको यो सेवाअन्तर्गत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त गरेका हुन्।

    सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार घरमै राहदानी प्राप्त गर्न ६०० जनाले फाराम भरेका थिए। तीमध्ये हालसम्म ५५० जनाले सेवा लिइसकेका छन् भने बाँकी सेवाग्राहीको राहदानी आउने क्रममा रहेको छ।

    सरकारले गत चैत १३ गते बसेको मन्त्रिपरिषद्को बैठकमार्फत हुलाक सेवामार्फत नागरिकको घरघरमै राहदानी पुर्‍याउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय गोरखाबीच वैशाख १५ गते सम्झौता भएको थियो।

    सम्झौताअनुसार जिल्ला प्रशासन कार्यालयमा हुलाक कार्यालयको छुट्टै काउन्टर स्थापना गरी एक जना कर्मचारी खटाइएको जिल्ला हुलाक अधिकृत विनोद गैरेले जानकारी दिए। उनका अनुसार प्रशासन कार्यालयमा राहदानीको फाराम भर्न आउने सेवाग्राहीले राहदानी कार्यालयबाटै बुझ्ने वा घरमै प्राप्त गर्ने विकल्प रोज्न पाउँछन्।

    घरमै राहदानी लिन चाहने सेवाग्राहीको आवश्यक विवरण हुलाक काउन्टरमा टिपोट गरिन्छ। त्यसपछि काठमाडौँबाट छापिएर आएको राहदानी जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयलाई जिम्मा लगाएपछि सेवाग्राहीले दिएको विवरणका आधारमा घरमै पुर्‍याउने व्यवस्था गरिएको छ।

    गैरेका अनुसार घरमै राहदानी प्राप्त गर्न सेवाग्राहीले ५५ रुपैयाँको हुलाक टिकट टाँस्नुपर्छ। त्यसबाहेक कुनै अतिरिक्त शुल्क नलाग्ने उनले बताए।

    घरमै राहदानी लिन चाहने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमा रहेको हुलाक काउन्टरमा आफ्नो नाम, सम्पर्क नम्बर, ठेगानालगायत आवश्यक विवरण टिपाउनुपर्ने व्यवस्था छ। राहदानी हुलाक कार्यालयको जिम्मामा आएपछि जिल्लाभित्रका सेवाग्राहीको घरमा सामान्यतया तीन दिनभित्र पुर्‍याउने गरिएको गैरेले जानकारी दिए।

    “सेवाग्राहीले राहदानी बुझिसकेपछि हामी त्यसको रसिद बनाएर जिल्ला प्रशासन कार्यालयमा बुझाउँछौँ”, उनले भने।

    जिल्ला हुलाक कार्यालयले उत्तरी गोरखाका चुमनुब्री र धार्चे गाउँपालिकामा समेत घरमै राहदानी पुर्‍याउने सरकारको नीतिअनुसार सेवा सञ्चालन गरिरहेको छ। यद्यपि भौगोलिक विकटताका कारण चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिमबाहेक अन्य स्थानमा घरघरमै राहदानी पुर्‍याउन कठिनाइ रहेको गैरेले बताए।

    “चुमनुब्रीमा पालिका केन्द्रसम्म मात्र राहदानी पठाउन सक्छौँ। त्यसभन्दा माथि पुर्‍याउन आवश्यक जनशक्ति र स्रोतसाधन हामीसँग छैन”, उनले भने, “सरकारको नीतिअनुसार उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरेर सेवा सञ्चालनमा ल्याएका छौँ।”

    जिल्ला हुलाक कार्यालयका अनुसार पालुङटार नगरपालिका, सहिदलखन गाउँपालिका र आरुघाट गाउँपालिकाका अधिकांश सेवाग्राहीले घरमै राहदानी प्राप्त गर्ने विकल्प रोज्दै आएका छन्। हुलाकमार्फत घरमै राहदानी प्राप्त गर्ने सेवाले सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयमा पटक–पटक धाउनुपर्ने बाध्यता कम भएको कार्यालयले जनाएको छ।

    Post Views: 55
    प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार ०९:१४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.