• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

झापामा जङ्गली हात्ती मृत फेला

  •  नेपाल चौतारी
  • २०८३ भाद्र ३१, बुधबार ०९:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    झापा । मेचीनगर नगरपालिका–३ तेलपानीस्थित धानबारीमा बुधबार बिहान जङ्गली हात्ती मृत फेला परेको छ।

    स्थानीयवासीले धानखेतमा वयस्क दाह्रे हात्ती मृत अवस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेका थिए। घटनाको जानकारी पाएपछि वन कार्यालयले घटनास्थलमा टोली पठाएको कार्यालय प्रमुख नथुनी गोहीवार यादवले जानकारी दिए।

    उनका अनुसार हात्तीको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन। घटनास्थलको निरीक्षण तथा आवश्यक परीक्षणपछि मृत्युको कारण पत्ता लाग्ने जनाइएको छ।

    मेचीनगरका वडा नं. २, ३, ४ र ५ मा लामो समयदेखि जङ्गली हात्तीको आवतजावत हुँदै आएको छ। हात्तीका कारण स्थानीयवासी तथा किसानको जनधन र खेतीबालीमा क्षति हुँदै आएको छ।

    मेची नदी पार गरेर भारतीय जङ्गलबाट ठूलो सङ्ख्यामा जङ्गली हात्ती झापा आउने गरेका छन्। पछिल्ला वर्षमा स्थानीय जङ्गलमा बसोबास गर्ने रैथाने हात्तीको सङ्ख्यासमेत बढ्दै गएको वन कार्यालयले जनाएको छ।

    डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार झापाका विभिन्न क्षेत्रमा पछिल्लो १६ वर्षमा २८ वटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेका छन्।

    Post Views: 41
    प्रकाशित मिति: २०८३ भाद्र ३१, बुधबार ०९:३४
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.