• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

अठार दिनपछि कृष्णभिरको सडकमा आजबाट दुईतर्फी यातायात सञ्चालन हुँदै

  •  नेपाल चौतारी
  • २०८३ आश्विन १, बिहीबार ०७:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन । बाढीका कारण १८ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा आज बिहानदेखि यातायात सेवा पुनःसञ्चालनमा आएको छ । भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि कृष्णभीरमा करिब १०० मिटर सडक भासिएर यातायात प्रभावित भएको थियो ।

    सडक पूर्णरूपमा क्षतिग्रस्त भएपछि भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक निर्माणको काम सुरु गरिएको थियो । नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इञ्जिनियर धीरज ढकालका अनुसार बुधबार साँझसम्म आवश्यक काम सम्पन्न भएपछि आज बिहानदेखि नयाँ ट्र्याकमार्फत दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको हो ।

    सडक पुनःस्थापनाका लागि पूर्वाधार विकास मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी छोटो समयमै नयाँ ट्र्याक निर्माण गरेको हो । सडकमा लामो समयदेखि रोकिएका केही सवारीसाधनलाई दुई दिनअघिदेखि नै साँझको समयमा पार गराउन थालिएको थियो । आजदेखि भने नियमित रूपमा यातायात सञ्चालन गरिएको हो ।

    कृष्णभीरमा यातायात सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पहिरो रोकथामका लागि आंशिक रूपमा रोकिएको यातायात पनि आजदेखि सञ्चालनमा ल्याइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभीरमा सडक सञ्चालनमा आएसँगै तत्कालका लागि तुइन खोलामा आंशिक रूपमा सडक रोक्दै गरिएको पहिरो नियन्त्रणको काम स्थगित गरिएको जानकारी दिए ।

    कृष्णभीरमा लामो समय सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन संघीय राजधानीतर्फ आवतजावत गर्न नसक्दा काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्तिसमेत प्रभावित भएको थियो ।

    भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि त्रिशूली नदीमा पानीको बहाव बढेको थियो । त्यसपछि भदौ १४ गते आएको थप बाढीले कृष्णभीरसहित पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक क्षति पुर्‍याएको थियो । अन्य स्थानमा यातायात सहज भए पनि कृष्णभीरमा सडक नै पूर्णरूपमा भासिएपछि लामो समय समस्या भएको थियो ।

    पृथ्वी राजमार्गको उक्त सडकखण्ड हुँदै दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने गरेका छन्।

    Post Views: 70
    प्रकाशित मिति: २०८३ आश्विन १, बिहीबार ०७:१२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम
    बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
    Advertisement
    ताजा अपडेट
    • १. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • २. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • ३. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    • ४. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    • ५. अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.