• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

  •  नेपाल चौतारी
  • २०८३ आश्विन १, बिहीबार ०८:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं । दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल लिग (ईएफएल) कपको तेस्रो चरणबाटै बाहिरिएको छ ।

    ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेड ब्राइटनसँग ३–२ गोलले पराजित भएको हो । खेलमा सुरुवाती दुई गोल गर्दै अग्रता लिए पनि युनाइटेडले त्यसलाई कायम राख्न सकेन ।

    खेलको आठौँ मिनेटमा शिया लेसीले सिनियर टोलीका लागि आफ्नो पहिलो सुरुवाती खेलमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि मेसन माउन्टले गोल थपेपछि घरेलु टोली २–० ले अघि बढेको थियो ।

    तर पहिलो हाफको इन्जुरी समयमा चारालाम्पोस कोस्टुलासले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काए । दोस्रो हाफको ६५औँ मिनेटमा कप्तान पास्कल ग्रोसले बराबरी गोल गरे ।

    त्यसको चार मिनेटपछि कोस्टुलासको पासमा म्याक्सिम डे कुइपरले गोल गर्दै ब्राइटनलाई ३–२ को अग्रता दिलाए । त्यसपछि युनाइटेडका मुख्य प्रशिक्षक माइकल क्यारिकले ७२औँ मिनेटमा ब्रुनो फर्नान्डेसलाई मैदानमा प्रवेश गराए पनि टोलीले खेलमा फर्किन सकेन ।

    यो हारसँगै युनाइटेड घरेलु कपमा लगातार तेस्रोपटक ब्राइटनसँग पराजित भएको छ । यस्तै, ओल्ड ट्राफोर्डमा दुई गोलको अग्रता लिएर पराजित भएको युनाइटेडको यो सन् १९७६ यताकै पहिलो घटना हो ।

    गएराति भएका अन्य खेलमा फ्लिटवुडले शेफिल्ड युनाइटेडलाई १–०, एस्टन भिल्लाले कोभेन्ट्रीलाई ३–१ तथा एभर्टनले वुल्भ्सलाई १–० ले पराजित गरेका छन् ।

    Post Views: 46
    प्रकाशित मिति: २०८३ आश्विन १, बिहीबार ०८:३३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    अब एकदिवसीय मान्यता जोगाउन नेपाललाई चुनौती
    प्रिमियर लिगमा लिड्सको अपराजित यात्रा जारी
    Advertisement
    ताजा अपडेट
    • १. मधेश प्रदेश सांसद जैनब खातुनको निधन

    • २. नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

    • ३. बाढी र पहिराेका कारण अवरुद्ध छन् यी राजमार्ग

    • ४. भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

    • ५. दुई गोलको अग्रता जोगाउन नसक्दा ईएफएल कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.