• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

  •  नेपाल चौतारी
  • २०८३ आश्विन १, बिहीबार १५:०५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं– नेपाली कांग्रेसका शीर्ष नेता डा. शेखर कोइराला र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का कुनै पनि पक्षले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने अडानमा देखिएका छन्।

    कांग्रेस कोइराला पक्षका नेता केदार कार्की तथा सभापति गगन थापानिकट नेताहरूका अनुसार कोइराला र खड्का दुवै तत्काल कुनै पक्षमा नलागी पार्टीभित्र समन्वयको भूमिका निर्वाह गर्ने अवस्थामा पुगेका हुन्।

    कोइरालाले आफू कुनै पनि महाधिवेशन वा बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन्। उनले पार्टीलाई एकताबद्ध बनाउन आफू बीचमा बसेर प्रयास गरिरहेको बताएका छन्।

    ‘म कुनै महाधिवेशन र बैठकमा सहभागी हुन्नँ। बीचमा बसेर पार्टी मिलाउन लागिरहेको छु। सकेसम्म मिहिनेत गर्छु, कहिलेसम्म सक्छु,’ कोइरालाले भनेका छन्, ‘म कांग्रेसको इमानदार कार्यकर्ता हुँ। यता–उता लाग्दिनँ, बीचमा बसेर पार्टी मिलाउन भूमिका खेलिरहन्छु।’

    कांग्रेसका एक शीर्ष नेताका अनुसार खड्का पनि पछिल्लो समय सभापति थापासँग नजिकिएका छन्। तत्कालै औपचारिक रूपमा सहकार्य गरेर एउटै पक्षमा उभिने अवस्था नरहे पनि खड्काले आफ्ना निकट नेताहरूलाई सानेपा पठाएर आफू भने बीचमा बस्ने अडान लिएको ती नेताले बताए।

    कांग्रेस महामन्त्री गुरू घिमिरेका अनुसार खड्काको धारणा पनि पार्टीलाई एकताबद्ध गरेर अघि बढ्ने रहेको छ।

    ‘पूर्ण दाइको भनाइ कांग्रेस एक बनाएर जाऊँ भन्ने हो। हामी निरन्तर संवादमा छौँ। उहाँ कसरी एक बनाएर जाऊँ भन्ने हिसाबले अगाडि हुनुहुन्छ। उतातर्फका धेरै साथीहरू यता जोडिइरहनुभएको छ, संवाद जारी छ,’ घिमिरेले भने।

    उनका अनुसार कांग्रेसले शेरबहादुर देउवासहित अन्य नेताहरूलाई पनि एकताबद्ध भएर अघि बढ्न आह्वान गरिरहेको छ।

    यसैबीच बिहीबार सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी रहँदा ज्ञानेन्द्रबहादुर कार्की, राजीवविक्रम शाह र रामहरि खतिवडालगायतका नेताहरू पनि बैठकमा सहभागी भएका छन्।

    Post Views: 60
    प्रकाशित मिति: २०८३ आश्विन १, बिहीबार १५:०५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?
    अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने
    निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार
    Advertisement
    ताजा अपडेट
    • १. कृष्णभीरमा सडक खुलेसँगै एलपी ग्यासको मूल्य घट्यो, अब कति पर्छ?

    • २. शेखर र खड्का दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

    • ३. अस्ट्रेलियामा आप्रवासनसम्बन्धी कडाइ,डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया जान नपाइने

    • ४. निजामती सेवा विधेयक ल्याउने तयारी, लोकसेवा आयोगको परामर्श कुर्दै सरकार

    • ५. गिद्ध संरक्षणमा ऐतिहासिक सफलता

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ३. प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै, किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ

    • ४. सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित

    • ५. भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.