• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

जेनजीका नाममा भएको आन्दोलन अराजक, देउवा, प्रचण्डदेखि गगन थापाको निवासमा आक्रमण

  •  नेपाल चौतारी
  • २०८२ भाद्र २४, मंगलवार १२:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जेनजी पुस्ताले सुरू गरेको आन्दोलन अराजक बन्दै गएको छ । आन्दोलनको दोश्रो दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा मंगलबार बिहान साढे ११ बजेदेखि आगजनी भएको छ। परराष्ट्र मन्त्रीसमेत रहेकी देउवाकी पत्नी आरजु राणा देउवा पनि मन्त्री निवासमा नबसी सोही घरमा बस्दै आएकी थिइन्। प्रदर्शनकारीहरूले देउवा निवासअगाडि प्रदर्शन र आगजनी गरेको प्रहरीले जनाएको छ। देउवाको धनगढीस्थति घरमा पनि आगजनी भएको छ।

    त्यस्तै ऊर्जामन्त्री दीपक खड्काको बूढानीलकण्ठस्थित घरमा पनि आगजनी भएको छ। मंगलबार प्रदर्शनकारीहरूले ऊर्जा मन्त्री खड्काको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङको घरमा आगजनी र तोडफोड भएको छ। ललितपुरको ढोलाहिटीस्थित गुरूङको घरमा मंगलबार बिहान आगजनी र तोडफोड भएको हो।

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा पनि तोडफोड भएको छ। खुमलटारस्थित प्रचण्ड निवासमा मंगलबार बिहान तोडफोड भएको प्रहरीको भनाइ छ। यसैगरी निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा आगजनी भएको छ। लेखकको नैकापस्थित घरमा मंगलबार मध्याह्न प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरेका थिए भने घरभित्र रहेका सामान निकालेर जलाएका थिए। सो क्रममा प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो।

    एमाले सचिव रघुवीर महासेठको जनकपुरस्थित निवासमा मंगलबार प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्। आरजु देउवा अध्यक्ष रहेको ललितपुरस्थित युलेन्स स्कुलमा पनि आगगनी भएको छ। मंगलबार बिहान आगजनी भएको खबर आएपछि प्रहरीले दमकल पठाइएको बताएको छ। काठमाडौंको कीर्तिपुर नगरपालिका कार्यालयमा मंगलबार प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

    यसैबीच नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा मंगलबार तोडफोड भएको छ। प्रदर्शनकारीहरूले एमाले पार्टी कार्यालय पुगेर तोडफोड गरेका हुन्। त्यसैतै नेपाली कांग्रेसका महामन्त्री गगन थापाको रातोपुलस्थित घरअगाडि पनि प्रदर्शनकारी पुगेका छन्। उनीहरूले थापाको घर अगाडि ढुंगामुढा गरेको प्रहरीले जनाएको छ।

    Post Views: 110
    प्रकाशित मिति: २०८२ भाद्र २४, मंगलवार १२:१९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.