नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघले बानेश्वरमा प्रदर्शनको गरेको छ । विदेशी हस्तक्षेप बन्द गर, नेपाल विद्यार्थी संघले बानेश्वरमा प्रदर्शनको गरेको छ ।
विदेशी हस्तक्षेप बन्द गर, संविधानको रक्षा गर, राष्ट्रपतिलाई सार्वजनिक गर, नेपाली हामी रहौंला कहाँ नेपालै नरहे जस्ता प्लेकार्ड बोकेर नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।
सोमबार र मंगलबार दुई दिन जेनजीको प्रदर्शनपछि उत्पन्न गम्भिर परिस्थितीका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले २४ भदौमा राजीनामा दिएका थिए । मंगलबार प्रदर्शनकारीले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति निवासमा आगजनी गरेका थिए ।
सरकारी तथा राजनीतिक दलका नेताहरूको घरमा आगजनी, तोडफोड तथा लुटपाट हुन थालेपछि नेपाली सेनाले तत्काल यस्तो कार्य रोक्न आग्रह गरेको थियो । मंगलबार राति १० बजेदेखि नेपाली सेना परिचालति भएको छ ।






