जेनजीको विरोध प्रर्दशनका क्रममा आगजनी गरेर ध्वस्त बनाइएको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा संस्थापक वीपी कोइरालाको तस्बिर र ब्यानर राखिएको छ ।
नेपाल विद्यार्थी संघका कार्यकर्ताले उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउने छौँ, हामी उठ्ने छौँ भन्ने नारा सहितको ब्यानर राखेका छन् । भदौ २४ गते जेनजीको समूहले पार्टी केन्द्रीय कार्यालयमा आगजनी गरेर ध्वस्त बनाएका थिए ।
शुक्रबार बिहान राखिएको माथि कोइरालाको तस्बिर राखेको ब्यानरमा तल लेखिएको छ, ‘उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउने छौँ, हामी उठ्ने छौँ ।
पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जलाइएको पार्टीको झन्डा पनि राख्ने तयारी भइरहेको जानकारी दिए ।






