प्रतिनिधि सभाको नयाँ निर्वाचन आगामी फाल्गुन २१ गते तोकिएको छ । नयाँ प्रधानमन्त्री सुशिला कार्कीको सपथ गराएलगत्तै रास्ट्रपति कार्यालयले नया निर्वाचनको मिति तय गरेको हो ।
नव नियुक्त प्रधानमन्त्री कार्कीको सिफारिस अनुसार रास्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा बिघटन पनि गर्नु भएको छ ।
मिति २०८२ भदौ २७ गते राती ११ बजेदेखी लागू हुने गरि रास्ट्रपति पौडेलले प्रतिनिधि सभा बिघटन गर्नुभएको राष्ट्रपती कार्यालयका उप सचिब रुपेश जङ्ग थापा मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।






