• समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थतन्त्र
  • कला
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तरवार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • Preeti
×
☰
    • समाचार
    • राजनीति
    • प्रदेश
    • अर्थतन्त्र
    • कला
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तरवार्ता/विचार
    • अन्तर्राष्ट्रिय
    • Preeti

ट्रेण्डिङ :

    @Congressbibad #कांग्रेस विवाद #gaganthapa #bishowaprakashshrma drshashankkoirala विश्वकप-२०२६ Fifa world cup 2026 रास्वपा balenshah

राष्ट्रपतिको निर्णयबाट मुलुकले त्राण पाएको छ : कांग्रेस नेता डा रिजाल

  •  नेपाल चौतारी
  • २०८२ भाद्र २९, आईतवार ०७:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि संविधान फेरि पूर्ण रूपमा क्रियाशील हुने बताएका छन्। आइतबार विहान राष्ट्रपति रामचन्द्र पौडेलको अपिल सेयर गर्दै सामाजिक सञ्जाल फेसबुकमा उनले राष्ट्रपतिको निर्णयबाट मुलुकले त्राण पाएको उल्लेख गरेका छन् ।

    उनले प्रतिनिधि सभाको निर्वाचन घोषित मितिमा सुनिस्चित गर्न सहयोग पुर्‍याउनु हामी सबैको कर्तव्य भएको पनि बताएका छन् । नेता डा रिजालले निर्वाचन सम्पन्न भए सँगै चार पुस्ताको संघर्षबाट निर्माण भएको संविधान फेरि पुर्णरुपमा क्रियाशिल हुने उल्लेख गरेका छन् ।

    नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति संसद् विघटन गर्दै फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन घोषणा गरेका छन्। प्रमुख राजनीतिक दलहरूले यसलाई असंवैधानिक भन्दै संविधानप्रति चिन्ता प्रकट गरिरहेका छन्।

    तर तिनैमध्ये एक कांग्रेसका नेता रिजालले भने राष्ट्रपतिको निर्णयले मुलुकले त्राण पाएको बताउँदै अब चुनाव गराउन सहयोग गर्नुपर्ने धारणा राखेका हुन्।

    उनले फेसबुकमा लेखेका छन् –‘राष्ट्रपतिको निर्णयबाट मुलुकले त्राण पाएको छ। प्रतिनिधि सभाको निर्वाचन घोषित मितिमा सुनिस्चित गर्न सहयोग पुर्‍याउनु हामी सबैको कर्तव्य हो। निर्वाचन सम्पन्न भए सँगै चार पुस्ताको संघर्षबाट निर्माण भएको संविधान फेरि पुर्णरुपमा क्रियाशिल हुनेछ।’

    Post Views: 489
    प्रकाशित मिति: २०८२ भाद्र २९, आईतवार ०७:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री
    नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकाका हजार बिक्री केन्द्रबाट ११० रूपैयाँ केजी चिनी बिक्री

    • २. नेपाल र बङ्गलादेशबीच तीन खेलको टी–२० शृङ्खला हुने

    • ३. प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

    • ४. चिलिमेमा चार र अप्पर त्रिशूलीमा पाँच शव भेटिए

    • ५. यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

    चर्चित
    • १. भोटेकोशी बाढी प्रभावितहरुलाई जनसम्पर्क समिती न्युयोर्कको १६ लाख रुपैयाँभन्दा बढी सहयोग

    • २. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ३. कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला

    • ४. उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

    • ५. भोटेकोशी बाढीमा खोज तथा उद्धार थप प्रभावकारी बनाउन रास्वपाको माग

    हाम्रो बारेमा

    हामी नेपालको राजनीतिक, शिक्षा, स्वास्थ्य, प्रदेश र विश्वभर छरिएर रहेका नेपालीहरुलाई स्वतन्त्र र निष्पक्ष समाचार पुर्याएर सबै नेपालीलाई एउटै मालामा उन्ने प्रयत्न गर्ने छौँ ।

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address :  Kathmandu, Nepal.
    Phone :
    Email : nepalchautari99@gmail.com

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    सामाजिक संजाल

    © 2025 Nepal Chautari . All Rights Reserved.